कसैकोपनि १ मिनेको मात्र डान्स गरेको भिडियो छोटो समयमा नै ५ करोड पटक भन्दा बढी हेरिन्छ ? नेपालका कुनैपनि अभिनेत्रीको त्यस्तो छैन । तर युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेका नेपाली डान्स ग्रुप ‘कार्टुन्ज क्रु’की एक मात्र महिला मेम्बर हुन् आश्मा विश्वकर्मा ।

लामो समय देखि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी आश्माको एउटा भिडियो डामेटोको सिटो मात्र ५९ सेकेण्डको छ । त्यही भिडियो ९ करोड नजिक भ्युअर पुगेको छ ।

आश्माका फ्यान फलोइङ गज्जबका छन् । पछिल्लो समय उनलाई वेब सिरिजमार्फत पनि दर्शकमाझ आइन् । डान्सकै कारण विदेशमा समेत चर्चा कमाएकी आश्मालाई सामाजिक सञ्जालमा लाखौंले फलो गरेका छन् ।

अहिलेसम्म कुनै फिल्ममा पनि अभिनय नगरेकी आश्मा अभिनय क्षेत्रमा कदम राख्न चाहन्छिन् । तर उनका हातमा राम्रो फिल्मको स्क्रिप्ट परिरहेको छैन ।

द कार्टुन क्रुजले उनलाई थप चर्चामा पु–याएको छ । युट्युबमा उनी सर्वाधिक खोजिने डान्सरमा पर्छिन् । उनलाई इन्स्टाग्राममा लाख भन्दा बढीले फलो गरेका छन् ।

डान्सकै कारण नायिकाको जस्तै क्रेज बनाएक उनका केही तस्वीरः

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!