बिहिबार, जेठ २२, २०७७ || 988  पटक पढिएको

अफगानिस्तानकी २८ वर्षीया निलुफर रहमानी यही ‘असम्भव’ सपना सफल बनाउन संघर्षरत छिन् । सानैदेखि पाइलट बन्ने सपना बनाएकी रहमानी जब हुर्किँदै गइन्, बल्ल थाहा भयो कि, उनको समाजमा यो असम्भव जस्तै हो । अन्ततः २०१३ मा उनले पहिलो अफगानी पाइलटको रुपमा पहिचान बनाइन् । पेशागत रुपमा काम गर्न पाइनन् । हालै उनै रहमानी कालो चस्मा र स्कार्फ लगाएर जहाजको अघि उभिएर खिचाएका केही तस्बिर भाइरल बने । ‘यता हेर, अफगानिस्तानका महिलाहरु के गर्न सक्छन् !’ भन्दै उनका ती तस्बिरले सामाजिक सञ्जालमा निकै प्रशंसा पाए । हाल उनी अमेरिकामा छिन् । यहीँ पाइलट बन्न चाहन्छिन् । यसका लागि नागरिकता बाधक बनेको छ । पाइलट बन्नुअघि उनी नागरिकता लिने प्रयासमा छिन् । काबुलमै छँदा उनका बावुले पनि जागिरबाट हात धुनु परेको थियो ।

परिवारका अन्य सदस्यले पनि काम पाएनन् । मुस्लिम परम्परागत मान्यता विपरीत गएकैले उनको परिवार विद्रोही परिवारको रुपमा चिनिएको थियो । सँगै समुदायबाटै तारो बन्नुपर्यो । यतिसम्म कि, सयौं पटक ज्यान मा*र्ने धम्की खेप्नु परेको सुनाउँछिन् रहमानी । रहमानी २०१८ मा अमेरिकाले शरण दिएपछि अमेरिकामै छिन् । जब कि, उनकी बहिनी अफ्सुन अझै शरण खोजिरहेकी छन् । उडान गर्न अनुमति नपाउँदासम्म उनी दोभाषेको रुपमा काम गर्छिन् । उनलाई फारसी, दारी र अंग्रेजी भाषा राम्ररी बोल्छिन् । ढिलै भए पनि उनी अमेरिकामै एयरफोर्स विमान उडाउन चाहन्छिन् । दुखद् के भने, रहमानीका अभिभावक र अन्य अधिकांश आफन्त दक्षिण एसियामै छन् । रहमानी सुरक्षा चुनौतीका कारण उनीहरु कहाँ छिन् भन्न चाहन्नन् ।

उनले भनेका केही शब्दहरूः
‘म सुरक्षित भएकोमा भगवानलाई धन्यवाद दिन्छु, तर मेरो दिमागले सधैँ उनीहरुबारे सोचिरहन्छ,’ रहमानीले भनिन् । रहमानी काबुलमा जन्मिदा १९९० को युद्धको मध्यावधि थियो । उनकी आमा कामका लागि गएकी थिइन् । र त्यही दिन काबुलको उनको घर बमबाट भत्किएको थियो । र अस्पताल जाने कुनै उपाय पनि थिएन । पछि उनको परिवार भागेर पाकिस्तान पुग्यो । २००० पछि मात्रै उनीहरुको परिवार काबुल फर्कियो । २०१० मा रहमानी १८ वर्षको उमेरमा काबुलस्थित ‘अफिसर्स ट्रेनिङ स्कुल’ मा भर्ना भइन् ।

लैंगिक समानताबारे सोचिनन्, बरु जहाज उडाउने मात्रै उनको सपना थियो । जुन सहज रुपमा अघि बढ्न सकेन । र उनी मात्रै पहिलो महिला थिइन्, पाइलटको लागि इच्छा देखाउने । तालिम केन्द्रमा यति समस्या थिए कि, महिलाका लागि बाथरुम समेत थिएन । केटाहरुले गर्ने व्यवहार पनि उचित थिएन ।

यद्यपि उनको अगाडि कुनै उपाय थिएन । उनका साथीले भन्थे कि, उनी महिला भएकैले असफल हुनेछिन् । उनी भन्छिन्, ‘उनीहरुले सधैँ मलाई भने कि, म असफल हुन्छु किनकि, म महिला हुँ । र म कमजोर छु ।’ यस्तो अवस्थामा उनी बावुलाई फोन गर्थिन् । तर बावुले सधैँ सहयोग गर्थे । कठिन मेहनतपछि उनी पाइलटका लागि छनोट भइन् ।’ पहिलो एकल उडानअघिको रात उनी अत्यन्तै उत्साही भएको सुनाउँछिन् रहमानी । मुटु पनि ढुढुक गरेर हिर्काउँदै थियो ।

‘मलाई त मंगल ग्रहमै भए जस्तो महसुश भयो । र मलाई असफल हुने डर देखाउने साथीहरुलाई नै गलत सावित गरिदिएँ,’ रहमानीले भनिन् । पछिल्लो समय सामाजिक सञ्जालमा छाउन थालेपछि उनको ‘पब्लिक फिगर’ नै बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!