बिहिबार, जेठ २२, २०७७ || 714  पटक पढिएको

सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धार कार्य सुरु गरेको छ । भोलि शुक्रवार युएई र बर्माबाट नेपालीहरुलाई नेपाल लगिने भएको छ । युएईमा अलपत्र परेका एकसय ५० जना भन्दा बढी नेपाली लैजान शुक्रवार पहिलो उडान हुनेछ ।

दूतावास युएई श्रोतका अनुसार शुक्रवार अति अलपत्र परेकाहरुको पहिचान गरी नेपाल लैजाने तयारी गरिएको छ । यसैगरी प्राथमिकताको आधारमा भिजिट भिसा, बृद्धा, गर्भवती महिलालाई आगामी ८ तारिक नेपाल फर्काउने तयारी भैरहेको दूतावास श्रोतले जनाएको छ।

दूतावासको जानकारी अनुसार युएईमा ५० भन्दा बढी नेपाली गर्भवती महिला उद्दारको पर्खाईमा रहेका छन् । युएईबाट नेपाल फर्कने चाहने नेपालीको संख्या १८ हजार ७ सय ७२ जना रहेकाे छ । यसैगरी बर्मामा अलपत्र परेका २६ नेपालीलाई पनि सरकारले शुक्रबार नै नेपाल लैजाँदैछ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!