कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार बिहीबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३१ लाख ७० हजार ५३२ जना निको भएका छन्. । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख १४ हजार ९९४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख १ हजार ७८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ९ हजार १४२ व्यक्तिको मृत्यु भएको छ । दक्षिणमा अमेरिकामा ९ लाख ८६ हजार ९५३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४४ हजार ३१९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ५१ हजार ९३८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख २९ हजार ९६३ जनाको मृत्यु भएको छ । युरोपमा २० लाख २८ हजार २४१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ । एसियामा १२ लाख ३१ हजार ८५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३२ हजार ५४७ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ६४ हजार ९८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ६२७ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!