हिपमत डटकम
बिराटनगर ,पुष १४ :विराटनगर बस पार्कबाट सशस्त्र प्रहरी जवान सचित नारायण विश्वास घुस सहित पक्राउ परेका छन् । मोरङको ग्रामथान गाँउपालीका ३ तेतरीया बस्दै आएका विस्वासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट पक्राउ गरेको हो ।

उनलाई विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्ट हाउसको एक किराना पसलमा पाँच हजार पाँच सय रुपैयाँ घुससहित सोमबार दिउँसो विश्वासलाई पक्राउ गरेको हो ।

अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले भारतबाट प्याज ल्याउन सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा विश्वासलाई पक्राउ गरिएको बताए ।
पक्राउ परेका विस्वासलाई कानुनी प्रकृया पुरा गरी ईटहरी अख्तियार दुरप्रयोग अनुसन्धान आयोग ईटहरी लगिएको छ ।

विराटनगर १२ सशस्त्र प्रहरीको बीओपी पोस्ट बखरीमा कार्यरत विश्वासलाई केही समयदेखि घुमुवाका रुपमा खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!