हिपमत डटकम
बिराटनगर ,पुष १४ :चीनका राष्ट्रपति सि जिङ पिङद्वारा उद्घाटन गरिएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सुनको ट्वाइलेट प्रर्दशनमा राखिएको छ । जसमा ४०८१५ वटा हिरा जडान गरिएको छ । भने उक्त ट्वाइलेटलाई हङकङको अरोन शुम ज्वेलरी फर्मका कोरोनेटले डिजाइन गरिएको हो ।

ट्वाइलेटको सिटमा हिरा जडान गरिएको छ । भने सिटमा बुलेट प्रुफ सिसा राखिएको छ । ४०८१५ वटा हिराको तौल ३३३.६८ क्यारेट रहेको छ ।

गहना फर्मका अनुसार ट्वाइलेटमा सबैभन्दा धेरै हिरा जडान गर्ने योजना रहेको छ । र, उक्त ट्वाइलेटलाई गिनी वल्र्ड रेकर्डमा दर्ता गर्ने योजना पनि रहेको छ ।

४०० क्यारेट हिराको गितार
उक्त एक्स्पोमा हिरा जडित गितार पनि राखिएको छ । गितारको तौल ४०० क्यारेट रहेको छ भने उक्त गितारको मूल्य १४ करोड भन्दा बढी रहेको छ । यसैगरी, एक्स्पोमा हिराजडित जुत्ता पनि राखिएको छ । जुत्ताको मूल्य ३० करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!