पश्चिम रुकुममा केही पहिले घटेको नवराज विक प्रकरणको बिषयमा कलाकारहरुले आ–आफ्नो विचार अहिले सार्वजनिक गरिरहेका छन् । यस्तैमा चर्चित अभिनेत्री रेखा थापाले पनि उक्त घटनाको दोषीलाई अबिलम्ब कारबाहीको माग गरेकी छन् । उनले जातको आधारमा अपराधिक क्रियाकलाप गर्नेलाई कानून बमोजिम सजाय दिनुपर्ने बताएकी हुन् । रेखाले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै घटनामा जोडिएकी किशोरी सुष्मा मल्ल ठकुरीको बचाउ गर्दै सामाजिक सञ्जालमा उनको चरित्र हत्या गर्ने र नारी अस्मिताको धज्जी उडाउने खालको गतिविधि भइरहेकोमा दुःख व्यक्त गरेकी छन् । ‘समाज विरुद्द अन्तर्जातिय प्रेम विवाह गर्ने साहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त ?’ उनले भनेकी छन् ‘दोषीलाई कानुनी कारबाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ति बजारमा लिलामी गर्नुपर्ने ?’ उनले नेपालमा केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय पाउने हो भनेर प्रश्न समेत उठाएकी छन् । ‘दोषी वा निर्दाेष किटान हुनुपूर्व मानसिक पीडा र प्रताडना दिएको कारण ती किशोरीले नदिमा हाम फालेमा कसले जवाफ दिन्छ ?’ रेखाको लामो स्टाटसमा अगाडि लेखेकी छन् ‘यो नर्बिसौ कि एउटा किशोरीको जीवन बर्बाद पारेर न्याय पाउने हो भने कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैन ।’ सामाजिक भन्दा महिलाको मुद्दामा हरहमेसा आवाज बुलन्द गर्दै आएकी रेखाले फिल्ममार्फत पनि महिलाको आवाज उठाउँदै आएकी छन् । बाल बिवाहबिरुद्ध समेत अभियान चलाइरहेकी रेखाको विचारलाई धेरैले मन पराएर प्रतिक्रिया समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!