बुधबार, जेठ २१, २०७७ || 693  पटक पढिएको

बाजुरामा लकडाउनमा चार महिलाले आत्माहत्या गरेकी छन् । यसले गर्दा बाजुरामा आत्माहत्या गर्ने सख्या निकै बढिरहेकाे छ । सुदूरपश्चिम प्रदेशमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको छ। प्रदेशभरी लकडाउनपछि अपराधिक गतिविधिमा कमी आएपनि आत्महत्याको क्रम भने लकडाउनमा पनि रोकिएको छैन्।

लकडाउनको ७१ दिनमा सुदूरपश्चिमका नौँ जिल्लामा ६१ जना महिला र ५९ जना पुरुष गरी एक सय २० जनाले आत्महत्या गरेका छन्। कैलालीमा सबैभन्दा बढि २५ जना पुरुष र १३ जना महिला गरी ३८ जनाले आत्महत्या गरेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कञ्चनपुरमा १५ महिला र ११ पुरुष गरी २६, डोटीमा पाँच पुरुष र छ महिला गरी ११, डडेल्धुरामा पाँच पुरुष र तीन महिला गरी आँठ, बैतडीमा चार पुरुष र १० महिला गरी १४, दार्चुलामा चार पुरुष र तीन महिला गरी सात, अछाममा पाँच पुरुष र चार महिला गरी नौँ, बाजुरामा चार महिला र बझाङ जिल्लामा तीर्न महिलाले आत्महत्या गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा आत्महत्याको दर हेर्दा दुर्गम जिल्लाको तुलनामा सुगम जिल्लामा धेरै बढि छ। लकडाउनमा मानसिक स्वास्थ्यमा समस्या देखिएपछि आत्महत्या बढेको प्रहरी कार्यालयलहरुले जनाएका छन्। सुदूरपश्चिमका नौँ जिल्ला मध्ये सबैभन्दा बढि कैलालीमा आत्महत्या गर्नेको सङख्या छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले शहरीकरणले पनि आत्महत्याको दर बढाएको बताए।

‘सहरमा जिविका चलाउन सहज नहुने भएकाले सोही कारणले निराशा उत्पन्न हुने र आत्महत्यालाई रोज्ने समस्या बढेको छ,’ उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्चालको गलत प्रयोगले पनि विभिन्न समस्यामा फस्ने र सोही समस्याबाट उम्किन नसक्दा आत्महत्या रोज्ने समस्या समेत बढेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!