बुधबार, जेठ २१, २०७७ || 1053  पटक पढिएको

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकीमा जनप्रतिनिधिकै नेतृत्वमा आक्रमण भएको छ । मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा गएको टोलीले चौकीमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडाध्यक्षले मदिरा सेवन गरेर होहल्ला गरेको जानकारी पाएपछि प्रहरी टोली केसीलाई सम्झाउन पुगेको थियो । पछि केसीले गाँउले उठाएर ल्याएर चौकीमा कार्यरत प्रहरीलाई हातपात गरेका हुन् । सो क्रममा प्रहरीको हतियार समेत खोस्ने प्रयास भएको रुकुम प्रहरीले जनाएको छ । आक्रमणपछि बडाध्यक्ष लगायतका मानिस फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!