हिपमत डटकम
काठमाडौँ ,पौष १४:अमेरिकाको दक्षिणी क्यालिफोनियामा भीरबाट २ सय फिट तल खसेर पनि एक महिला बाँच्न सफल भएको लस एन्जलिस काउन्टी सेरिफ अफिसले जानकारी दिएको छ ।
गत शुक्रबार बिहान ३० वर्ष आसपासकी भनेकी ती महिला लस एन्जलिस काउन्टीको रान्चो पालोस भर्डेसमा रहेको गोरेटो बाटोमा हिँडिरहेकी थिइन् । त्यही बेला उनी चिप्लेर भीरबाट तल खसेकी थिइन् ।
बिहान करिब ८ बजेतिर स्थानीयहरुले उनले चिच्याएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनी कसरी भीरबाट खसिन् र कति समयपछि अरुले उनको चिच्याहट सुने भन्ने स्पष्ट भएको छैन ।
भिडियोमा समुद्र तटबाट हेलिकोप्टरको सहायताबाट उनको उद्धार गरिएको देख्न सकिन्छ ।
घाइते महिलाको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।