कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार चार महिने शिशुसहित थप १६ नयाँ सङ्क्रमित पहिचान भएका हुन् । महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश÷अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका सात, कालीकोटका सात र सल्यानका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कालिकोटका चार महिने शिशुमा पनि कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै दैलेख दुल्लुका एक सङ्क्रमितको मृत्यु भइसकेको छ । जुम्लामा दुई सुरक्षाकर्मी र सुर्खेतमा स्थानीय विद्यार्थीलाई समेत कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा सङ्क्रमण फैलिन पुगेको छ । स्वास्थ्यकर्मीका अनुसार उनीहरुको ‘कन्टयाक्ट ट्रेसिङ’का आधारमा अन्य सम्भावित सङ्क्रमितको पहिचान गर्ने कार्य भइरहेको छ । नयाँ पहिचान भएका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!