कोरोना भाइरसको महामारीका बीच कष्टदायी जीवन जिउँन बाध्य नागरिकहरुको घाउमा मल्हम लगाउन सरकारी स्तरबाट पर्याप्त काम नभए पनि विभिन्न क्षेत्र, व्याक्ति तथा संघ संस्थाहरु सकृय छन् । सेलिब्रेटीहरु पनि अग्रपङ्ग्तिमा रहेर सक्दो सहयोगमा जुटिरहेका छन् । यो बीचमा अभिनेता अनुपबिक्रम शाहीले मंगलबार राजधानीका विभिन्न क्षेत्रमा पुगेर संकटसँग लडिरहेकाहरुलाई खाना वितरण गरेका छन् । राजधानीको चक्रपथ, बसुन्धारा, कमलादी, टुंडिखेल खुल्लामञ्च लगायतका ठाउँमा पुगेर अनुपले ४ सय बढिलाई खाना खुवाएका छन् ।

मुख्यतः विहान बेलुका हातमुख जोड्न समेत अफ्ठ्यारोमा परेका काम विहिन बनेका श्रमिक, सडक वालवालिका, रिक्सा चालक, ठेला चालक, अशक्तहरुसँगै परिवार विहिन बनेर बेसहारापुर्ण जीवन बिताइरहेका धापासी स्थित हाम्रो बाल संरक्षण धरोहर नेपाल संस्थामा रहेका बालबालिकाहरुलाई भेटेर आफ्नै हातले अनुपले खाना खूवाए ।

यस्तै समुदायलाई यसअघि पनि अनुपले विभिन्न खाद्धन्न वितरण गरेका थिए । अनुपले प्रहरी प्रशासनसँग जोडिएका व्याक्तिहरुलाई पनि सहयोग गरेका छन् । देश नै लकडाउनमा परिरहँदा विगत दुई महिनादेखि राजधानीका विभिन्न ठाउँमा पुगेर राहत तथा खाधान्न वितरण गरिरहेका सामाजिक अभियन्ता रमेश केसीको अभियानमा जोडिँदै अनुपले मंगलबार यो सहयोग गरेका हुन् ।

‘सरकारी स्तरबाट ठोस सहयोग नपुगे पनि युवाहरु जुटेरै भएपनि समाजमा रहेका भोका नाङ्गाहरुलाई उद्धार गर्नुपर्छ, अनुपले प्रश्न गर्दै भने, ‘सरकारलाई भन्सार र करको पछि लाग्दै फुर्सद छैन, हामीले नगरे कसले गर्ने ?’ यो प्रकारको सहयोगलाई निरन्तरता दिने भन्दै उनले यो हप्ता भित्र बसुन्धारा क्षेत्रमा बसोबास गर्ने ४० देखि ५० जनासम्म विपन्न वालवालिकाहरुलाई ३ महिनासम्म पुग्ने खाधान्न सामाग्री वितरण गर्न लागेको समेत बताए । आफ्नो काममा हातमा हात मिलाउँदै आफन्त तथा साथीहरुबाट पनि सहयोग जुटिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!