सोमबार, पौष १४, २०७६ || 1825  पटक पढिएको

हिपमत डटकम
विराटनगर ,पौष १४: चर्चित निर्देशक तथा गायक नारायण रायमाझी निर्देशित २०७२ सालको सुपरहिट चलचित्र ‘परदेशी’ को सिक्वेलमा चर्चित लोक गायक प्रकाश सपुतले हिरोको रुपमा अनुबन्ध भएका छन् । प्राप्त जानकारी अनुसार, निर्देशक रायमाझीले केही दिन अगाडि गायक सपुतसँग चलचित्रका लागि कागजी सम्झौता गरिसकेका छन् । यद्यपि, निर्माण टिमले यो विषयमा कुनै जानकारी दिएको छैन ।

‘बोल माया’ बोलको गीतबाट चर्चामा आएका गायक सपुत बाल्यकालदेखि नै हिरो बन्न चाहन्थे । उनी काठमाडौं पनि गायक नभइ हिरो बन्न आएका थिए । अब, उनको हिरो बन्ने सपना चलचित्र ‘परदेशी २’ बाट पूरा हुने भएको छ । रोजगारीको शिलशिलामा परदेश गएका युवाहरुको कथाव्यथामा निर्माण हुने चलचित्रको छायांकन फागुनबाट सुरु हुनेछ ।

चलचित्रमा गायक सपुतलाई अभिनेताको रुपमा अनुबन्ध गरेपछि निर्देशक नारायण रायमाझी अब अभिनेत्रीको खोजीमा लागेका छन् । ‘परदेशी’ को अघिल्लो श्रृंखलामा गायक तथा अभिनेता प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए । सिक्वेलमा भने उनलाई गायक सपुतले रिप्लेस गरेका छन् । ‘परदेशी’ भन्दा अगाडि प्रशान्तलाई लिएर निर्देशक रायमाझीले ‘गोर्खा पल्टन’ बनाएका थिए ।

बक्सअफिसमा करीब ७ करोडभन्दा बढीको व्यापार गरेको ‘परदेशी’ को कथावस्तुलाई दर्शकले अत्याधिक रुचाएका थिए । चलचित्रमा समावेश गीतसंगीत अझै पनि लोकप्रिय छन् । चलचित्रमा प्रशान्तका अलावा रजनी केसी, नरेन खड्कालगायतको अभिनय थियो । अब ‘परदेशी २’ बाट हिरोको रुपमा डेब्यू गर्न लागेका चर्चित गायक सपुतलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!