कोरोना भाइरसको महामारीबाटविश्व आक्रान्त बनेको बेला नेपाल पनि अछुतो रहेन । सम्पुर्ण तहका सरकारहरुको साझा चासोको विषयमा कोरोना नियन्त्रण तथा रोकथाम रहनुको साथै केन्द्रिय, प्रादेशिक र स्थानिय सरकारहरुका नियमित कामकारवाहीहरुले गति लिई रहेका छन् । स्थानिय सरकारहरु आ–आफ्नो गाउँपालिका तथा नगरपालिकाहरुमा योजना निर्माणको चरणमा रहेका छन् भने अर्काेतर्फ कोरोनाको प्रतिकार्यको काम चलिरहेको बखतमा बालबालिकाका संरक्षण सम्बन्धी बिभिन्न घटनाक्रमहरु बढ्दो रुपमा रहेका छन् । वल्र्ड भिजनले प्रदेश २ र ५ का ६ जिल्लामा हालै ७६१ सहभागीसँग गरेको एक मूल्यांकन (¥यापिड एसेसमेन्ट) अनुसार बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहार आठ प्रतिशतले बृद्धि भएको छ भने ६० प्रतिशत परिवारले आफ्ना पाँच वर्ष मुनिका बालबालिकाको दैनिक आहार जुटाउन समस्या भएको बताएका छन् ।

यहि सन्दर्भमा गाउँपालिका राष्ट्रिय महासंघ र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा बालबालिकाको संरक्षण र सहभागिता विषयक अनलाईन छलफल कार्यक्रम जेष्ठ १४, १६ र १९ गते गरि विभिन्न तीन चरणमा सम्पन्न भएको छ । प्रदेश १, २, ३, ४ र ७ गरि जम्मा २८ स्थानिय सरकारका प्रतिनिधी सहभागी भएको सो कार्यक्रमा पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकिय प्रमुखकोे सहभागिता रहेको थियो । बालश्रम, बालविवाह, लागुऔषध दुव्र्यसनी र बेचबिखनको जोखिम बढ्न सक्ने भन्दै समयमै यसतर्फ सबैले जोड दिदँै स्थानिय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिका लक्षित कार्यक्रम र बालसहभागिता आवश्यक रहेको कुरा कार्यक्रममा छलफलको मुख्य विषय रह्यो ।

उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै गाउँ तथा नगरपालिकाका प्रमुखहरुले कार्यक्रम समय सापेक्ष र उचित समयमा आयोजना भएको र बजेट बिनियोजन एवं योजना तर्जुमाको चरणमा रहेको बेला बालबालिका केन्द्रित छलफल हुनुले बालबालिकाको संरक्षण तथा अधिकार सुनिश्चित गर्न स्थानिय तहलाई थप संवेदनशिल बन्न झक्झकाएको बताउनुभयो । हाल लकडाउनको कारण बालबालिकामा देखिएका समस्याहरुलाई समाधान गर्न स्थानियतह लागि परेको र सहभागीहरुले आफ्नो गाउँपालिकामा आगामि योजना तथा बजेट बालबालिका केन्द्रित हुने कुराको प्रतिबद्धता पनि जनाउनुभयो ।

बन्दाबन्दीका बेला बालबालिकामा हुनसक्ने मानसिक तथा शारिरिक दुव्र्यवहार र त्यसले बालबालिकामा पर्ने असरको बारेमा पनि छलफल गरिएको थियो । साथै सडक बालबालिका, स्याहारकर्ता बिना हुर्किरहेका बालबालिका, बाल गृहमा रहेका बालबालिकाहरुमा बन्दाबन्दीले परेको असर र चुनौतिका बारेमा आफ्नो धारणा राख्दै वल्र्ड भिजनका बाल संरक्षण व्यवस्थापक दिलिप गिरीले स्थानिय तहबाटै बाल संरक्षण तथा न्यायिक पद्दतिलाई बलियो बनाउँदै लैजानुपर्ने कुरा प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!