हिपमत डटकम
विराटनगर ,पौष १४: विराटनगर क्षेत्रमा चोरीको घटना बढेपछि सर्वसाधारणले असुरक्षित महशुस गर्न थालेका छन । यसअघि रातीराती चोरी गर्ने चोरहरुले अचेल दिउँसै चोरी गर्न थालेका छन । प्रहरी प्रशासनले पनि चोरी निकासी रोक्न बिशेष पहल नगरेपछि यस्तो हुन गएको हो ।

पछिल्लो समय विराटनगरमा चोरीका घटनाहरु तीव्र रुपमा बढिरहेका छन । दिनदहाडै चोरहरुले घरको ताला तोडर नगद र सुनचाँदी चोर्न थालेका छन । नगर क्षेत्रको दक्षिणी क्षेत्रमा चोरीका घटनाहरु हवात्तै बढेको छ । विराटनगर १३ कोशी प्रोजेक्ट नजिकैको राजदेवी मार्गमा बसोबास गर्ने तारिणी सिंहको घरमा आज दिउँसो २ बजे चोरीको प्रयास भयो । श्रीमान र श्रीमति दुवै जागिरे सिंह दम्पति अफिस गएको र बालबच्चा समेत स्कुल गएको समयमा दुई जना बालकले उनको घरमा चोरीको प्रयास गरे । ताला फुटाएर चोरी गर्ने क्रममा छिमेकीले थाहा पाएपछि भाग्ने प्रयास गर्दा उनीहरु पक्राउ परेका हुन । यसअघि गत कात्तिक २२ गते दिउँसो १ बजे सिंहको घरभित्रको दराज फोरेर साढे २ तोला सुन र नगद ५० हजार लिएर चोरहरु फरार भएका थिए ।

पक्राउ परेका २ बालकले आफुले चोरी नगरेको बताउँदै आएका छन । पक्राउ परेका १ बालकले हातमा लगाएको चाँदीको ब्रेसलेट पनि नजिकैको घरबाट चोरी गरिएको स्थानीयको आरोप छ । तर बालकले भने उक्त बे्रसलेट वुवाले किनिदिएको र आफुले ३ महिनादेखि लगाउँदै आएको बताएका छन । उनले वुवाले घरमा रंगीन टीभी पनि किनिदिएको बताएका छन । यता विराटनगर १२ बस्ने पक्राउ परेका बालक वुवाले भने आफ्नो छोराहरुले चोरी नगरेको प्रतिक्रिया दिँदै आएका छन ।

हाल स्थानीयले भने पक्राउ परेका ती दुवै बालकलाई प्रहरीको जिम्मा लगाईदिएका छन । यसअघि कात्तिक १६ गते सो क्षेत्रमा दिउँसै अन्य २ घरमा समेत चोरी भएको थियो । स्थानीय बालमुकुन्द मिश्राको घरबाट चोरहरुले नगद र बहुमुल्य गरगहना लिएर फरार भए । सोहि दिन समाजवादी पार्टी नेपालका नेता राजकुमार यादवको घरमा समेत चोरी भयो । राजदेवी मार्गमै घर रहेका यादव परिवार छठ पर्व मनाउन रंगेली गएको बेला घरमा कोहि नभएको मौकापारी चोरहरुले दिउँसै चोरी गरे । यादवको घरको दराज फोरेर चोरहरुले ३ तोला सुन र ४० तोला चांदी चोरेर बेपत्ता भए । चोरीका घटना बढेपछि त्यसक्षेत्रका बासिन्दा असुरक्षित महशुस गर्न थालेका छन ।

हाल गएको आर्थिक बर्षमा चोरीका १०५ वटा घटना भएकोमा चालु आर्थिक बर्षमा हालसम्म ५१ वटा चोरीको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मोरङ्गको तथ्याङ्गकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!