मंगलबार, जेठ २०, २०७७ || 1332  पटक पढिएको

कोरोना (कोभिड– १९) महामारीको कारणले नेपालमा लकडाउन भएको करिब ३ महिना पुग्न लागेको छ । लकडाउन भएको पहिलो हप्ता दैखि नै निरन्तर रुपमा राहत बाँडने जोडी हुन् महेश चौधरी र संगिता कर्माचार्य । आज भोली यी जोडीको खुबै चर्चा हुने गर्दछ । चिया पसल देखि नगरका टोल– टोल लगायत प्रदेश नम्बर – २ भरी यिनिहरुको चर्चा हुने गरेको बुद्धिजिबिहरु बताउँछन ।
बिपत्तीमा परेको मानबलाई सेवा गर्नु नै धर्म हो भन्ने मुख्य उदेश्यका साथ यिनीहरुको दिनचार्या लक्षित बर्ग समुदायको चुल्हो बाल्नमा प्रतिदिन बित्ने गरेको उनका नजिकका मित्र दिपेन्द्र सिंहले बताए ।
करिब २ सय ५० क्युन्टल चामल, नुन ,तेल , स्वाबिन लगायतका खध्यान्न समग्री हाल सम्म बितरण गरिसकेको सामाजिक अभियान्ता महेश चौधरीले बताउनु भयो ।
मनकारी साथी भाईको सहयोगले सामाजिक काम गरिरहेको भन्दै बिपन्न परिबार अन्तर्गत एकल महिला , असाहय , कुल्ली , मजदुर लगायतलाई राहत दिईरहेको उनका श्रीमती संगिता कर्माचार्यले बताउनु भयो ।
आज लहान नगरपालिका वडा नम्बर – २४ खप्टेडाँडाको करिब ८० घर – परिवारलाई राहत बितरण गर्ने जनाईएको छ । लहान नगरपालिकाको त्यो सबै भन्दा बिकट ठाउँ रहेको बुभिएको छ । पाहाडै पाहाड रहेको उक्त ठाउँमा अहिले सम्म बिजुली पुग्न सकेको छैन । त्यहाँका बासिन्दा लाई दैनिक छाक टार्न धेरै नै कठिन रहेकोले दोस्रो चरणको राहत बितरण गरिने चौधरीले जनाए ।
जेठ १३ गते लहान नगरपालिका वडा नम्बर – २२ का १५ घर डोम बस्तिमा राहत बाँडेका थिए भने १५ गते ढोडनाका १० घर डोम बस्ती , १६ गते लहान ५ र १ मा २५ घर परिवार , १७ गते लहान नगरपालिका वडा नम्बर – १ का ३५ घर परिवार , १८ गते लहान – २१ को बेतहा टोलमा ४५ घरपरिवारलार्इृ राहत बितरण गरिसकेको महेश चौधरीको फेसबुक पोष्टबाट जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!