काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ परेका ९ भीआईपी जुवाडेमाथि ५ दिनको म्याद थप भएको छ । सोमबार पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार उपस्थित गराएकोमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद दिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालले जानकारी दिए । लकडाउनको बेला जुवा खेलिरहेको विशेष सूचनाको आधारमा खटिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा व्यापारीहरु अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायत रहेका छन् । लकडाउनको क्रममा जुवा खेल्ने उनीहरुको साथबाट २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!