सोमबार, जेठ १९, २०७७ || 947  पटक पढिएको

र्दुइ पटक सम्म ब्रेन ट्यूमरको अप्रेसन गरेर एक महिनासम्मको रेडियसन दिएको कारण आमा बारम्बार विरामी परिरहनु हुन्छ । कहिले कान, आँखा, हात, गोडा, टाउको, पेट दुखेको छ भन्नु हुन्छ भने कहिले कब्जियत आदीकोे सामना लामो समयदेखि गरिनै रहनु भएको छ । दुई पटक सम्म झन्डै झन्डै माथी पुगेर फर्किनु भएकोले उहाँ विरामी पर्दा आत्तिनु चाँही हुन्न । अहिले आएर त सानो तिनो दुखाइ हुँदा भन्न पनि छाडनु भयो । आ…कत्ति भन्नु कहिले काही हुने भए पो भन्नु भन्नुहुन्छ ।

यसरी एक निरक्षर नारी भए पनि समय र उमेरले धेरै कुरा सिकाएको छ । सहनशील बनाएको छ । उमेरमा नै ठूलो रोग लाग्यो । अव बाँकी जीन्दगी रोगसंग लुकामारी गर्दै वित्ने निश्चित छ । गतहप्ताको कुरा हो केही दिन अगाडीबाट नै कम्मर दुखेको रहेछ तर सहन सकुन्जेल भन्नु भएन र दुःखाइले जितेपछि मात्र हामीलाई भन्नु भयो ।

मैले कसैलाई दोष दिन खोजेको होइन । मैले प्रत्यक्ष भोगेको यो स्टोरी कसैप्रति लक्षित पनि छैन । यो समाजको एउटा प्रतिनिधि घटना मात्र हो । एक विरामी जसलाई डाक्टरले गतल डाइग्नोसिस गर्दाे कति सम्म दुःख पाउने अवस्था यहाँ छ भन्ने कुरा प्रस्तुत गरिएको हो । विरामीले सहज रुपमा आरामसंग उपचार पाउने अवस्था छैन । एउटा सामान्य रोगको उपचारमा पनि हदैसम्मको दुःख पाइरहेको स्थिती छ ।
जेष्ठ १२ गते अर्थात् गत बुधबार विराटनगरको एक अस्पताल (नाम चाँही अहिलेलाई गोप्य नै राखौ) मा आमाको ढाडको दुखाईको उपचारको लागि लिएर गइयो । कोरोनाको यो समयमा पनि ओपिडी खुल्लै राख्नु अस्पतालको राम्रो कार्य हो । तर यो वेला पनि विरामीको धेरै चाप छ । पूर्जा लिने ठाँउमा ठेलमठेल छ । कतै पति सामाजिक दुरी कायम गरेको देखिएन । न अस्पतालले सामाजिक दुरीमा कडाई गरेको छ न सेवाग्राही नै त्यसलाई पालना गर्छन । जसोतसो पुर्जा लिएर डाक्टरका कोठा अगाडी गइयो । ढोका बाहिर बस्नेसंग आफुले खोजेको डाक्टर हुनु हुन्छ भनी सोध्दा उहाँ त राउण्डमा जानु भएको छ आउने नआउने टुङो छैन भनी अत्यन्त रुखो जवाफ आउछ ।

त्यसपछि ओठ कलेटी पारेर बाहिर एक कुनामा डाक्टर आउने बाटो हेरेर बसियो । करीब डेढ घण्टा सम्म पनि डाक्टर नआए पछि कि अन्त कही जानु परो नत्र जो छ उसैलाई देखाउनु पर्ने स्थिती थियो । आमालाई जो उपलब्ध छन् उनै डाक्टरलाई देखाउने निधो गरियो । र डाक्टरको कोठामा गयौ । आफ्ना कुरा राखियो । ति फिजिसियन डाक्टर बोल्दा पैसा लाग्छ झै गर्दा रहेछन् । तर जे जस्तो भए पनि जाँच गरे र भने यो त हाडजोर्नीको डाक्टरलाई देखाउनु पर्छ । त्यसपछि आमालाई हातमा समाउदै विस्तारै हाडजोर्नीका डाक्टर भए तिर लगियो ।

फिजिसियनलाई भेटने बेला धेरैबेर बाहिर कुर्नु पयो डाक्टर राउण्डमा जानु भएको छ भनिए पनि, म एक कामले बाहिर निस्कदा तिनै हामीले भेट्न खोजेको डाक्टर साथीहरुसंग गफ चुटेर बसिरहेका थिए । विरामीलाई कुराएर हावा गफ गरेर बस्नु कहाँसम्म जायज हो । हाडजोर्नीका डाक्टरलाई भेट्न केही समय कुर्नु पर्ने भयो । कुरियो पनि, त्यसपछि पालो आएपछि गएर देखाउने काम भयो ।

डाक्टरले केही जाँच र परीक्षण लेखे । हामीले पनि लेखिएको जाँच र परीक्षण धेरै बेर लगाएर बल्लबल्ल ठूलो भिड छिचोलेर लखतरान परेर गरियो । सवै रिपोर्ट आएपछि डाक्टरलाई पुनः भेटियो र उनले भने ‘आमाको नसा च्यापिएको छ र मासु पनि जाम भएको रहेछ । म केही औषधी दिन्छु खानुहोला ठिक हुन्छ ।’ त्यसपछि हामी पनि अव रोग पत्ता लागि हाल्यो औषधी खाए पछि ठिक भई हाल्छ नि भन्ने मनभरीको आशा बोकेर औषधी किनेर अस्पतालबाट घर फर्कियौ ।

आज कयौ विरामी रोग नै पत्तो नलागेर वा डाक्टरले गलत उपचार गरेर मर्ने स्थिती रहेछ भन्ने कुरा मैले प्रत्यक्ष अनुभूति गरे । स्वास्थ्य क्षेत्रको तमाम विकृति र विसंगतिको मारमा गरिव छन् । धनीमनी त विदेश गइ हाल्छन् । देश भित्रै जो कोहीले गुणस्तरिय उपचार प्राप्त गर्ने वातावरण सवै भएर सिर्जना गरौ । मेरी आमाले गलत उपचारको कारण पाएको दुःख म र मेरो परिवारले जस्तो अरुले भोग्न नपर्ने वातावरण बनोस ।
तर परिणाम सोचे जस्तो भएन । डाक्टरले दिएको औषधी समयमा खाए पनि आमाको कम्बर दुखाइ कम भएन । सोमबारको त्यो रात दुखाई सहेर नै आमाले विताउनु भयो । मंगलबार विहान पनि आमालाई दुःखाई कम भएन । शारिरीक रुपमा अत्यन्त्त कमजोर आमालाई नलिइकन म मात्र हिजोका डाक्टरलाई भेटन पुर्जा र परीक्षणको रिपोर्ट लिएर अस्पताल गए । त्यसपछि डाक्टरलाई भेटे र सवै दुःखाइको बेलिविस्तार लगाए । हिजो दिएको औषधीले कुनै काम नगरेको बताए । त्यसपछि डाक्टरले औषधी परिवर्तन गरिदिए । परिवर्तित औषधी किनेर हतार हतार गरी घर आउदा त आमा दुखाइले रोइरहनु भएको रहेछ ।

ढिलो नगरी डाक्टरले लेखेको दुखाइ कम गर्ने औषधी दिए तर विरडम्वना त्यो औषधीले पनि बीसको उन्नाइस भएन । अव तनाव बढेर गयो के गर्ने गर्ने भनेर धेरै नै चिन्ता थपियो । त्यसपछि घर नजिकको चोकमा आफन्तको औषधी पसलमा गई दुखाइ कम गर्ने औषधी सुइ मार्फत् दिन लगाइयो । त्यसपछि दुखाई केही कम भयो र आमालाई नै लिएर पुनः अस्पताल गए । अस्पतालमा गएर उही डाक्टरलाई फेरी भेटियो र सवै कुरा बताइयो । उनले पनि आफु भन्दा सिनियरलाई सोधे र पुनः औषधी परिवर्तन गरिदिए र भने अव आमालाई थेरापी गराउनु पर्छ .

अव सुरु भयो थेरापीको यात्रा र सोही दिन मंगलबार थेरापी गराउने ठाँउमा लिएर गइयो । सवै कुरा बताइयो । आमाको सर्किएको जस्तो छ भन्ने कुरा त्यहाँका थेरापिस्टले बताए । थेरापी गराइयो र अव त निको होला भनेर मनभरी विश्वास लिदै घर तर्फ आइयो । आमाको दुखाईमा कुनै कमी आएन । औषधी खादै जादा निको पनि हुदै जाला भन्ने विचार गरियो ।

त्यो मंगलबार राती पनि आमाले रोएर नै रात विताउनु भयो । बुधबार विहान पनि दुखाईमा कुनै कमी नआएपछि के गर्ने भन्ने भयो । यता आमालाई दुखाई बढेको बढै छ । थेरापी गराउन लानु पर्ने तर लान सक्ने अवस्था छैन । तर पनि लानु त छ । पुनः हिजो जस्तै छेउको नर्स बुनुलाई दुखाई कम गर्ने सुइ लाउन लगाएर थेरापीमा लगियो । तर कुनै उपाय गर्दा पनि दुखाई त कम भएन । बुधबार पनि तिनै डाक्टरले दिएको औषधी खादै दुखाई कम होला भनी विश्वास गरियो । बुधबारको रात पनि आमाले अघिल्लो रात जस्तै राएर नै विताउनु भयो ।

विहिबार विहान पनि आमाको दुखाईमा कुनै कमी आएन । कोरोनाको महामारी छ । अस्पताल भर्ना गर्न पनि धेरै तनाव छ । तर अव भएन भने त अस्पताल भर्ना गर्नु नै पर्छ भन्ने नै सोचियो । यतिकैका मेरा नजिकका एक साथी डाक्टर हुनु हुन्छ । उहाँसंग एक पल्ट सल्लाह गर्नु प–र्यो र निर्णयमा पुग्नु प–र्यो भनेर डाक्टर साथीलाई फोन गरे र गएर भेटे । उहासंग धेरै बेर सल्लाह गरेपछि उहाले म आफै गएर आमालाई हेर्छु भन्नु भयो र घरमा आएर आमालाई हेर्नु भयो । र भन्नु भयो आमालाई त जनै खटिरा पो आएको रहेछ । त्यसैले कुनै पनि औषधीले काम नगरेको रहेछ । उहाँले औषधी लेखिदिनु भयो । त्यसपछि औषधी नियमित खाईरहनु भएको छ । विस्तारै सुधार हुदै जाने क्रममा छ । पछि थाहा भयो कि आमाको गलत डाइग्नोसिस भएको रहेछ ।

आमालाई अस्पतालमा देखाउदा केही खटिराहरु पनि थिए । तर कुनै डाक्टरले त्यसलाई सिरियस लिएनन् । र अकै रोग लागेको कुरा बताए । आमालाई भएको रहेछ एक थोक तर उपचार अर्के, अनि औषधीले कसरी काम गरोस । आमाको दुखाई कसरी कम होस । डाक्टरले लागेको रोगको उपचार नगरी जे पायो त्यही अन्दाजमा उपचार गर्नाले आमाले सोमबारबाट विहिबारसम्म रात दिन रोएर विताउनु भयो । एक छोराको रुपमा आमाको त्यो दुःखाई अत्यन्त पिढाजनक र हेर्न नै नसकिने थियो ।

मैले कसैलाई दोष दिन खोजेको होइन । मैले प्रत्यक्ष भोगेको यो स्टोरी कसैप्रति लक्षित पनि छैन । यो समाजको एउटा प्रतिनिधि घटना मात्र हो । एक विरामी जसलाई डाक्टरले गतल डाइग्नोसिस गर्दाे कति सम्म दुःख पाउने अवस्था यहाँ छ भन्ने कुरा प्रस्तुत गरिएको हो । विरामीले सहज रुपमा आरामसंग उपचार पाउने अवस्था छैन । एउटा सामान्य रोगको उपचारमा पनि हदैसम्मको दुःख पाइरहेको स्थिती छ ।

आज कयौ विरामी रोग नै पत्तो नलागेर वा डाक्टरले गलत उपचार गरेर मर्ने स्थिती रहेछ भन्ने कुरा मैले प्रत्यक्ष अनुभूति गरे । स्वास्थ्य क्षेत्रको तमाम विकृति र विसंगतिको मारमा गरिव छन् । धनीमनी त विदेश गइ हाल्छन् । देश भित्रै जो कोहीले गुणस्तरिय उपचार प्राप्त गर्ने वातावरण सवै भएर सिर्जना गरौ । मेरी आमाले गलत उपचारको कारण पाएको दुःख म र मेरो परिवारले जस्तो अरुले भोग्न नपर्ने वातावरण बनोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!