आइतबार, पौष १३, २०७६ || 2446  पटक पढिएको

हिपमत डटकम
बिराटनगर पौष १३ :कुरा अनौठो र भड्किलो लाग्न सक्छ । किनभने हामीकहाँ यौनको कुरा गर्नसाथ हामी लाजले खुम्चन्छौं । हामीलाई लाग्छ, यौन भनेको छाडा कुरा हुन् । यही भ्रमित मानसिकताले हामी यौनको बारेमा खुला चर्चा गर्दैनौ, यौनको उन्मुक्त आनन्द लिदैनौं ।

अध्ययनहरुले भन्छ, यौनसुख नै दाम्पत्य सफलताको प्रभावकारी सूत्र हो । तर, हाम्रो यौन जीवन त्यती सुखमय छैन, जति हुनुपर्ने थियो । त्यही कारण हाम्रो दाम्पत्य कसिलो र रसिलो हुन नसकेको ।

खासमा दम्पतीले यौनसुख कसरी लिने भन्ने कुरामा नयाँ नयाँ अभ्यास गर्न सक्छन् । यसले उनीहरुको सम्बन्ध थप प्रगाढ हुन्छ । किनभने यौनले मानसिक र शारीरिक रुपमा चुस्त बनाउन सहयोग गर्छ ।

अब चर्चा गरौ, यौन तालिकाको । के यौनका लागि पनि तालिका आवश्यक हुन्छ ?

यौन तालिका तय गरियो भने त्यसले दाम्पत्यमा रोमाञ्चकता थपिदिन्छ । त्यतीमात्र होइन, यौन जीवनलाई थप आनन्दित तुल्याउँछ ।

यौनबारे तयारी र सोंच

यौन तालिकाको यो सबैभन्दा ठूलो फाइदा हो । अन्यथा अस्तव्यस्त जीवनशैली र तनावपूर्ण माहोलका बीच दिमागमा यौनको कुरा नै नआउन सक्छ । यौनको समय निश्चित भएपछि सबै कुरालाई थाती राखेर आफ्नो प्रियतमसँग राससिला गर्न सकिन्छ ।

ओछ्यानमा नयाँ प्रयोगको इच्छा

जब थाहा हुन्छ कि आज राति यति बजे यौन क्रिया गर्ने कार्यक्रम छ, दिनभरी रोमाञ्चित भइन्छ । दिमागमा विभिन्न योजनाहरु बन्न सक्छन् ।नयाँ नयाँ प्रयोग गर्नेबारे सोच्न सकिन्छ । फलस्वरुप राति मज्जा दोब्बर हुन्छ ।

सुमधुर समय बित्छ

इन्टरनेट र प्रविधिले हाम्रो जिन्दगीको अमनचैन नै खोसेको छ । प्रेमको दुई शब्द व्यक्त गर्न श्रीमान-श्रमितीबीच समय नै हुँदैन । यस्तोमा यदि तालिकामा बाँधियो भने एक अर्काको अंगालोमा सुमधुर समय बिताउन सकिनेछ । यसले दाम्पत्य जीवनमा अझै प्रगाढता थप्नेछ ।

तयारीका लागि समय मिल्छ

जब यौनका लागि मानसिक रुपमा पहिल्यैबाट तयार भइन्छ, यसका लागि तयारी गर्न पर्याप्त समय मिल्छ । आफ्नो फेन्टासीलाई यथार्थमा बदल्न सम्पूर्ण प्रयास लगाउन सकिन्छ ।

अस्विकारको गुञ्जायस हुँदैन

दुई जनामध्ये एक जना यौनका लागि आतुर हुने तर अर्कोलाई जोश नआउने समस्या पनि अक्सर हुन्छ । तर, दुवैको सहमतिमा तालिका तयार गरिसकेपछि दुवै जना मानसिक रुपमा तयार हुन्छन् । त्यसैले रातमा कुनै पनि पक्षबाट इन्कार गर्ने सम्भावना रहँदैन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!