सोमबार, जेठ १९, २०७७ || 469  पटक पढिएको

गुल्मीका कोरोना संक्रमित ४ जना मध्ये एक जना संक्रमणमुक्त भएर आज घर फर्किएका छन् । जिल्लाको मदाने गाउँपालिकाका ३३ वर्षीय पुरुष कोरोना निको भएर घर फर्किएका हुन् । सदरमुकाम तम्घासस्थित खालाचौरको आइसोलेशन कक्षमा रहेका उनी कोरोना रिपोर्ट नेगेटिभ आएसँगै आज डिस्चार्ज भएर घर फर्किएका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बधाई दिँदै आइसोलेसनबाट बिदाइ गरेका थिए । उनको स्थायी घर दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर १८ वेलडाँगी भएको बताइएको छ । उनी पुर्कोटदह स्थित जिल्लाको पहिलो कोरोना संक्रमित शिक्षकको घरमा बस्दै आएका थिए । ती शिक्षकको कोरोना संमणबाट मृत्यु भएको थियो । यस्तै गुल्मीका अन्य दुई जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!