आइतबार, पौष १३, २०७६ || 1661  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, पौष १३:मोरङको लेटाङमा बालिका बलात्कारको घटना बाहिरिएपछि बलात्कारमा संलग्नले विष सेवन गरेर आइतबार आत्महत्याको प्रयास गरेका छन् । १६ वर्षीय बालिका बलात्कार गरेको घटनामा संलग्न लेटाङ–१ का २२ वर्षीय प्रकाश राईले विष सेवन गरेका हुन् ।

उनले शनिबार राति बालिकालाई सोही ठाउँमा रहेको आफ्नो डेरामा बोलाएर बलात्कार गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । घटना बाहिरिएपछि प्रकाशले आइतबार बिहान बालीमा लाग्ने किरा मार्न प्रयोग गरिने मेटासिट नामक विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेको उनको भनाइ छ ।

परिवारका सदस्यलाई बालिकाले सबै कुरा सुनाएपछि घटना बाहिरिएको र घटनामा संलग्नका विरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । प्रकाशले विष सेवन गरेको खवर पक्राउ गर्न बाटोमा जाँदै गरेको प्रहरी टोलीले पाएको थियो । उनलाई बचाउनका लागि उद्धार गरेर उपचार गराउन विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको डीएसपी राईको भनाइ छ ।

अहिले प्रकाशको प्रहरी नियन्त्रणमै उपचार भइरहेको छ । अवस्था सामान्य र खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका छन् ।उपचार ठीक भएपछि कारबाही अघि बढाउन प्रकाश विरुद्ध जवरजस्ती करणी मुद्दामा म्याद थप गरेर घटनाकोे विस्तृत अनुसन्धान गरिने जानकारी डीएसपी राईले दिए ।

बलात्कारबाट पीडित बनेकी बालिकाको विराटनगरकै कोसी अस्पतालमा सामान्य उपचार र स्वास्थ्य परीक्षण गराइएको छ । बालिकाको गालामा चोट छ । प्रहरीका अनुसार बालिकाले बोलेको प्रष्टसँग बुझ्न सकिंदैन । ध्यानपूर्वक सुन्दा मात्रै उनले बोलेका कुरा बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!