खबर ठुलो छ

 

हिपमत डटकम
कास्की,पौष १३:माछापुच्छगाउँपालिका वडा नं ५ रिभानमा एक बृद्धा महिलाको हत्याको आरोपमा कास्की प्रहरीले एक जना युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कास्की रिभानकी ६७ बर्षीया चिजा विकको हत्या गर्ने म्याग्दी धवलागिरी गाउँपालिका ५ घर भई पोखरा २५ हेमजामा बस्दै आएका ३९ बर्षीय खिम बहादुर श्रीपालीलाई कास्की प्रहरीले आइतबार सार्बजनिक गरेको हो । तनहुँ व्यास नगरपालिका वडा नम्बर २ उत्तरसिला फिल्म हल नजिकै शनिबार उनलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एस.पी. दानबहादुर कार्र्कीले जानकारी दिनुभयो । बृद्धा महिलाको गरगहना चोरेर उनको हत्या गरी फरार भएका श्रीपालीलाई तनहुँ र लेखनाथमा सुन बिक्रि गरेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका श्रीपालीलाई कर्तव्य ज्यान र जबरजस्ती चोरी गरेकोले डाँका मुद्धा चलाईएको एस.पी. कार्कीले जानकारी दिनुभयो । यही पुष ८ गते बेलुका करिब ९ः४५ बजे रक्सि खादै राति नै ति वृद्धाको घरमा बास बस्ने उद्धेश्यले पुगेका श्रीपालीले चिजाको हत्या पश्चात शवलाई शिरकले छोपेर बाहिरबाट ढोकामा साँचो लगायर फरार भएको प्रहरीले जनाएको छ । चिजाको हत्या भएको स्थलमा करिब २ केजी तौल बराबरको ढुंगो समेत फेला परेको एस.पी. कार्कीले बताउनुभयो । उक्त ढुंगाले चिजालाई टाउकोमा प्रहार गर्दा उनको हेड इन्जुरि भएर ज्यान गएको एसपी कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया