जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी)को कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि ’सेल्फ क्वारेन्टाइन’मा बसेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्बेदीको रिपोर्ट ’नेगेटिभ’ आएको छ ।
गत बुधवार उनको गाडी चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि एसपी चतुर्वेदीको स्वाब संकलन गरी काठमाडौं प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाँर्ईंको पनि पिसिआर रिपोर्ट निगेटिभ आएको हो । कोरोना संक्रमित चालक र अंगरक्षक धनगढीमाईस्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेशनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!