आइतबार, पौष १३, २०७६ || 1086  पटक पढिएको

 

हिपमत डटकम
इटहरी,पौष १३: कैले तिम्रो पच्यौरीमा, लाजको लाली, बनमाराले बनै खायो आदि जस्ता नेपाली सांगीतिक क्षेत्रका कैयोउ गीतमा सुमधुर स्वर दिदै आएका भारतीय गायक उदित नारायण झाले आवाज दिएको अर्को नयाँ नेपाली गीत ‘कहिले माया’ सार्वजनिक भएको छ । सो म्युजिक भिडियोलाई विभिन्न सुन्दर ठाउहरुमा छायांकन गरिएको छ । लामो समयदेखि भारतमा बस्दै आएता पनि झाले धेरैपछि नेपाली गीतमा स्वर भरिसकेका छन् । उनले गाएको गीतमा शब्द बिद्या प्रसाद घिमिरेको छ भने संगीत मनोज सिंहको रहेको छ । हेर्नुस भिडियो :

एस.आर.सी फ्लिम्सदयारा सार्बजनिक गरिएको उक्त गीतको भिडियोमा पछिल्लो समय केही म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेका एक आशलाग्दा मोडल साजन कटेल र मिनाक्षी महोताराको अभिनय रहेको देख्न सकिन्छ भने उक्त भिडियोको निर्देशन भने सुरेन्द्र बस्यालले गरेका छन् ।

रोमान्टिक थिमको गीतको भिडियोको निर्माण सम्मान चौलागाईले गरेका छन् भने राम कुमार केसीको छायांकन रहेको भिडियोको सम्पादन भने टेकेन्द्र साह रहेका छन् । निर्देशक बस्यालले गीत भिडियो आकर्षक बनेको भिडियोमा प्रस्टसंग देख्न सकिन्छ । धेरैले उक्त सार्बजनिक भिडियोलाई मन पराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!