शनिबार, जेठ १७, २०७७ || 675  पटक पढिएको

दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे । शनिबार बिहान दुल्लु नगरपालिका–११ का ३५ वर्षीय ती युवकको क्वारेन्टाइनमा मृत्यु भएको हो । तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!