आइतबार, पौष १३, २०७६ || 1624  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,पौष १३:विराटनगर महानगरपालिकाले केटेबलको विश्व प्रतियोगिता २०१९ मा विश्व विजेता बन्न सफल विनिता लालवानीलाई सम्मान गरेको छ । अष्ट्रेलियामा सम्पन्न केटेबल प्रतियोगितामा ४९ देशको सहभागितामा विजेता बनेपछी महानगरले गर्वको महसुस गर्दै सम्मान गरेको हो । उनि विराटनगरमै जन्म र शिक्षा दिक्षा हासिल भएको थियो । उनले नेपालको प्रतिनिधित्व गर्दै विश्व विजेता बनेकी हुन । विनितालाई सम्मान गर्न विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले विनितालाई दोसल्ला ओढाएर र प्रशंसा पत्र दिएर सम्मान गर्नु भयो ।
कार्यक्रममा बोल्दै मेयर पराजुलीले विनिता विराटनगरको गौरव भएको बताउनुभयो । मेयर पराजुलीले समाजसेवा र विराटनगरवासीको हितका लागि जीवन उत्सर्ग गर्ने लालवानी परिवारबाट प्रतिनिधित्व गर्ने विनिता ले विराटनगरलाई विश्वसामु चिनाएको धारणा राख्नुभयो । उपमेयर इन्दिरा कार्कीले महिला भएर पनि घर परिवार सम्हाल्दै केटेबलमा विश्व विजेता भएर विराटनगरलाई विश्वमा चिनाएर ठूलो गुण लगाएको दावी गर्नुभयो । कार्यक्रममा विनिताका बुवा खेमचन्द जैन र आमा विमला जैन लालवानी, समाजसेवी फूलकुमार लालवानी, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!