सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नं.१० घुर्मि किनार सामुदायीक वन क्षेत्रमा पर्ने नथुनिबाँध चुरेको माटो चुरेकै स्थानमा वाँधिरेहेको बाँधमा प्रयोग भएको प्रेम कुमार लामाको घर देखि डण्डाको बुढी बाँध सम्म सडक माटो ग्राभल तथा बाँध निर्माण उपभोक्त समितिको अध्यक्ष विष्णुलाल लामाले जानकारी दिएको छ ।
केहि दिन पहिले विभिन्न मिडियामा आएको थियो कि वन कर्मचारीकै मिलेमत्तोमा वाँधको नाउँमा तिव्ररुपले चुरे उत्खनन गरि माटो बेचिरहेको हल्ला चलेपछि उक्त कुरा झुठो रहेको र यस्ता हल्लाको पछाडी नलाग्न प्रेम कुमार लामाको घर देखि डण्डाको बुढी बाँध सम्म सडक माटो ग्राभल तथा बाँध निर्माण उपभोक्त समितिको अध्यक्ष अध्यक्ष लामाले बताए ।
सिरहा क्षेत्र नंं ३ का प्रदेश सासंद रामकुमार यादवको संसदिय विकास कोषको रकमबाट गोलबजार नगरपालिका वडा नं.१० मा बाँध मर्मत र सडक विस्तार कार्य जारी रहेको छ ।

उक्त स्थानमा रहेको वाँधको मर्मत कार्यमा चुरेको माटो काटी उक्त वाँधमा लगाईएको हो भने डिभिजनल वन अधिकृत सूभाष चन्द्र दासले बताए ।
वन क्षेत्रमा कुनै किसिमको हानीनोक्सानी नभएको पटक पटक जिल्ला भित्रका वन अतिक्रमण हटाउनको लागी पहल गरेपनि त्यो सफल हुन सकेको छैन । सिरहा जिल्लामा मात्र नभई अन्य जिल्लामा वन अतिक्रमण व्यापक गतिमा भई रहेको भएतापनि अतिक्रमण हटाउन वनले मात्र नसकने र यसलाई हटाउन सबै सरोकारवालाहरुको सयोग र साथले मात्र हटाउन सकने डिभिजनल वन अधिकृत सूभाष चन्द्र दासले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!