भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्कने नागरिकहरुको सङ्ख्या दैनिक बढ्दो रहेको छ । फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा ल्याएर राख्न थालेका छन् ।

बढ्दो चापले क्वारेन्टिनको व्यवस्थापन मिलाउन स्थानीय तहलाई निकै चुनौती थपिएको छ । बस्ने, खानपानको व्यवस्था मिलाउनेसँगै व्यवस्थित तरिकाले राख्नका लागि स्थानीय तहमा कार्यरत कर्मचारीको व्यस्तता बढेको छ । पाँच दिनको अवधिमै पश्चिमी सीमानाकाबाट १० हजार बढी स्वदेश भित्रिएका छन् । ती मध्ये आधा बढी कञ्चनपुरका बासिन्दा छन्् । कारोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै क्वारेन्टिनमा बस्नेहरुलाई सामाजिक दूरी कायम गराउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खानेकुराको व्यवस्था गराउने कार्य गरिँदै आएको छ । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “स्वास्थ्य जाँचकार्यलाई समेत त्यत्तिकै ध्यान दिन थालेका छौँ ।”

क्वारेन्टिनमा बस्दै आएका सबैको किट अभावमा आरडिटी र पिसीआर परीक्षण हुन नसकेको छैन । जोखिमयुक्त क्षेत्रबाट आएका र जोखिम हुनसक्ने व्यक्तिको कोरोना परीक्षण हँुदै आएको उहाँले जानकारी दिनुभयो । यसैगरी दैनिक स्वदेश फर्कनेको चाप बढ्ने हो भने क्वारेन्टिनमा राख्न समस्या त हुन्छ नै सम्हाल्नसमेत गाह्रो हुन्छ”, उहाँले भन्नुभयो । पाँच दिनअघिसम्म रित्तो अवस्थामा रहेका क्वारेन्टिनमा सम्हाल्न नसकिने गरी नागरिक आइपुगेका छन् । बढ्दो चापलाई मध्यनजर गर्दै जिल्लाका नौवटै स्थानीय तहले क्वारेन्टिनको क्षमतामा वृद्धि गरेका छन् ।

नगरपालिकामा मात्रै सीमित क्वारेन्टिनलाई वडा–वडामा विस्तार गरिएको छ । वडाध्यक्षको संयोजकत्वमा क्वारेन्टिन व्यवस्थापनका लागि समिति गठन गरिएको छ । नगरपालिकामा क्वारेन्टिन व्यवस्थापन मूल समिति रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार नौवटै स्थानीय तहमा क्वारेन्टिनको सङ्ख्या १३७ रहेको छ ।

क्वारेन्टिनमा श्यया सङ्ख्या छ हजार १९४ र क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या पाँच हजार ८९२ रहेको छ । हालसम्म क्वारेन्टिन अवधि पूरा गरी ८४८ घर फिर्ता भइसकेका छन् । विदेशबाट फर्किएका व्यक्तिको सङ्ख्या भने ११ हजार ५२३ रहेको छ । कञ्चनपुरमा क्वारेन्टिनको सङ्ख्या भीमदत्त नगरपालिकामा १२५, महाकालीमा २४, बेदकोटमा १२, शुक्लाफाँटामा १८, कृष्णपुरमा १७, पुर्नवासमा १४, बेलौरीमा सात, लालझाडीमा नौ, बेलडाँडीमा ११ गरी १३७ रहेको छ ।

क्वारेन्टिनमा श्ययाको सङ्ख्या भीमदत्त नगरपालिकामा ८०० , महाकालीमा दुई हजार, बेदकोटमा ४४२, शुक्लाफाँटामा ७५०, कृष्णपुरमा ७६२, पुर्नवासमा ४५०, बेलौरीमा ३३५, लालझाडीमा २२०, बेलडाँडीमा ४३५ गरी छ हजार १९४ रहेको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या भीमदत्त नगरपालिकामा ७०१, महाकाली नगरपालिकामा एक हजार १९९, बेदकोट नगरपालिकामा ४०७, शुक्लाफाँटा नगरपालिकामा ७००, कृष्णपुर नगरपालिकामा ७६२, पुर्नवास नगरपालिकामा ४४०, बेलौरी २७० लालझाडी गाउँपालिकामा २१९ र बेलडाँडी गाँउपालिकामा ३९४ गरी पाँच हजार ८९२ जना छन् ।

स्वदेश फर्कने सबैलाई अनिवार्यरूपमा क्वारेन्टिनमा राखिँदै आएको छ । हालसम्म स्वाब परीक्षण ५९७ र आरडिटी दुई हजार ८९९ जनाको मात्रै गरिएको छ । फर्केका नागरिकलाई सम्बन्धित नगरपालिकाले सीमा क्षेत्रबाट क्वारेन्टिनमा ल्याउन भरपर्दो साधानको अभाव छ । टिपर र ट्रकलगायतका साधनमा एकै ठाउँमा राखेर ल्याउने कार्यले कारोना भाइरसको सङ्क्रमणको जोखिम निकै बढाएको बताइएको छ । सामाजिक दूरी कायम गरी बसलगायतका साधानमा भारतबाट फर्कनेलाई ल्याइनुपर्ने स्थानीय जानकारको भनाइ छ । सीमा क्षेत्रबाट नागरिक ओसार्न प्रयोग गरिएका सवारी साधनलाई समेत स्यानिटाइज नगरिदा जोखिम बढेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!