तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत नर्स तनुजा कार्कीको मृत्यु रहस्यमय भएको भन्दै पीडित परिवारले दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छन् ।
मोरङको उर्लाबारी घर भई स्वास्थ्य केन्द्र मोराहाङ्मा कार्यरत रहेकी २४ बर्षीया कार्कीको तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्ग बसपार्कनजिक नरबहादुर खत्रीको सन्तोषी होटलमा रहस्मय मृत्यु भएको थियो । कार्कीको रहस्यमय मृत्युको मुख्यकारक ठेकेदार नुवाकोट, तारकेश्वर–६ का खम्बसिङ्ग तामाङको हात रहेको उल्लेख गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्म कार्वाही गर्न मृतकका दाजु रोविन कार्कीले माग गर्नुभयो । तामाङले मृतकलाई लामो समयदेखि मानसिक तनाबसमेत दिँदै आएको खुल्न आएको छ ।
गत माघमा केही दिनको छुट्टीमा मोरङ्,उर्लाबारी आइतवारेस्थित घर आउँदा भने त्यहाँ काम गर्न धेरै गाह्रो भएको भन्दै रोएकी थिइन् । तर,परिवारले लामो समय घर परिवारमा बसेर हुर्केकाले बिरानो ठाउँमा जागिर खान जाँदा न्यास्रोले त्यसो भनेकी होलिन् भन्दै सहज तरिकाले लिएको थियो ।
अहिले अप्रत्यासित रूपमा उनले आत्महत्या गरेको खबर आएपछि परिवार र आफन्त शोकमा डुबेका छन् । तर, परिवार आत्महत्या नभएर हत्या भएको बताउँदै आएका छन् ।
प्रहरीले उनी कार्यरत स्वास्थ्य केन्द्र बनाउने ठेकेदार तामाङलाई पक्राउ गरी अपहरण, शरीर बन्धक र आत्महत्या दुरुत्साहनमा म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घरमा दुई पत्नी हुँदाहुँदै नर्स कार्कीसँगसमेत नजिकिएको र १० गते सँगैै सदरमुकाममा बाइक चढेर आई १३ गतेसम्म होटलको उक्त कोठामा बसेर छाडी गएको प्रत्यक्षदर्शीहरुको भनाई छ । तामाङले नर्स कार्कीलाई पछिल्लो समय निकै तनाब दिने गरेको जानकार स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!