शनिवारको दिन शनिदेवको विशेष दिन हो । र, शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ । ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ । शनिवारको दिन केही काम गर्न वर्जित गरिएको छ–

आपँको अचार खानबाट बच्नुहोस् । काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन् । शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ । शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन । शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ । शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन । नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ । काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन । शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन ।

याे पनि पढ्नुहाेस्ः
किन नांगो आँखाले सूर्यग्रहण हेर्नु हुँदैन, यो हो वैज्ञानिक कारण

सूर्यग्रहण विषयमा शास्त्रीय मान्यता एउटा भए पनि बैज्ञानिक कारण भने अलि भिन्न छ । शास्त्रले विभिन्न राशिअनुसार सूर्यग्रहणको प्रभाव पर्ने जनाए पनि बैज्ञानिक कारण भने राशि मात्र होइन सूर्य ग्रहणको असर जो कोहीलाई पर्ने र ग्रहण अवलोकन गर्दा सावधानी अपनाउनुपर्ने बताइन्छ ।वैज्ञानिकहरू भन्छन्, ‘परमाणु संयोजनले सूर्यलाई उज्यालो पार्ने भाग अर्थात् सूर्यको भित्री भागमा न्युट्रिनो कण उत्पन्न हुन्छन् र तीव्र गतिले सूर्यबाट निस्केर अन्तरिक्षमा जान्छन्।’ यी कण ग्रहणको समयमा समेत चन्द्रमाको वारपार हुन्छन् र पृथ्वीमा आइपुग्छन्। क्षितिजमा सूर्य तल वा माथि भए पनि हरेक सेकेन्ड मानिसको शरीरमा यस्ता अर्बौं कणको वर्षा भइरहन्छ । अमेरिकास्थित नासाले भनेको छ, ‘यी कण पूर्णतः हानिरहित भएकाले मानिसलाई कुनै असर पुर्‍यादैन।’ आज खण्डग्रास सूर्यग्रहण । विशेषज्ञहरुले ‘गर्भवतीले सूर्य ग्रहण हेर्दा बच्चामा नकारात्मक असर पुग्ने प्राचीन मान्यता छ । तर, बैज्ञानिकहरुले भने यसलाई गतल भन्दछन् । नांगो आँखाले ग्रहण हेर्दा दृष्टिमा क्षति पुग्नेबाहेक कुनै शारीरिक हानी नहुने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार ग्रहणको समयमा तयार पारिएको खाना खाँदासमेत कुनै असर पर्दैन । पूर्ण सूर्य ग्रहणको समय कोरोनाबाट प्रकाशका रूपमा निस्किने विद्युत् चुम्बकीय विकिरण सुरक्षित रहेको नासाले जनाएको छ।
वैज्ञानिकहरु नांगो आँखाले सूर्य ग्रहण हेर्न नहुने बताउँछन्- ‘निरन्तर हेर्दा फोटो रेटिनाइटिस अर्थात् आँखाको पर्दामा नकारात्मक प्रभाव पर्छ त्यसैले ग्रहण हेर्नुपरे विशेष प्रकारको ग्लास प्रयोग गर्दा उत्तम हुन्छ।’

बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार ग्रहणको समयमा मानिसमा पर्ने प्रभावबारे कुनै वैज्ञानिक आधार प्राप्त हुन सकेको छैन। समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार ग्रहणलाई नांगो आँखा, बाइनाकुलर वा टेलिस्कोप प्रयोग गरेर हेर्नु हुँदैन । हिमालय आरोहणमा प्रयोग हुने विशेष प्रकारको गाढा रङको धातु लेपन गरिएको चस्माबाट मात्रै अवलोकन गर्न उपयुक्त हुन्छ।

काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने सूर्य ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट ८ बजेर ३८ मिनेटमा र पूर्वी नेपालको भद्रपुर झापामा ८ बजेर ४८ मिनेटमा सुरु हुनेछ। काठमाडौंमा ग्रहण अवधि २ घण्टा ५० मिनेट, महेन्द्रनगरमा २ घण्टा ४१ मिनेट र झापामा २ घण्टा ५३ मिनेट रहनेछ । काठमाडौं र महेन्द्रनगर–कञ्चनपुरमा चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर–झापामा ३६ प्रतिशत ढाक्नेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!