ताप्लेजुङको फुङलिङ नगरपालिका-९ कटहरेमा भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बिराटनगरबाट सानिमा हाइड्रो पावरको सामग्री लिएर ताप्लेजुङ तर्फ जाँदै गरेको ना ६ ख ८२६२ नम्बरको ट्रक बिहिवार अपरान्ह साँढे ४ बजे उक्त स्थानमा आफै ब्रेक फेल भई दुर्घटना हुँदा घाईते भएका ट्रक चालक बाह्रदशी गाउँपालिका-६ का २९ बर्षीय ज्ञान बहादुर तामाङलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएकोमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लजुङले जनाएको छ ।