बलिउड अभिनेता, लेखक तथा प्रोड्युसर कमाल रसिद खानले नेपालबारे नयाँ जानकारी पाउँदा आफू आश्चर्यमा परेको बताएका छन् । उनले, ‘नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र र बुद्ध जन्मिएको देश भएको थाहा पाउँदा आफुलाई अनौठो लागेको ’ ट्वीटरमा लेखेका छन् । उनले भारत धेरै साना राज्यमा विभाजित रहेको र बेलायतीहरुले ती सबैलाई एकजुट गराएर एकीकृत भारत बनाएको पनि लेखेका छन् । ‘त्यसैले खासमा बेलायतहरुले भारत बनाएका हुन्’ ट्वीटरमा लेखिएको छ ।

अधिकांश प्रयोगकर्ताहरुले कमाल खानले इमानदार भएर तथ्य लेखेको प्रतिक्रिया दिएका छन् । केही प्रयोगकर्ताले अन्य व्यक्तिहरुले झुठा तथ्य लेखेको भन्दै व्यङ्ग्य समेत गरेका छन् । शरद् नामका एक प्रयोगकर्ताले लेखेका छन् – यो सबै जान्नका लागि स्कुल जानुपथ्र्यो, सर । तपाईलाई यो सबै थाहा पाउन यति धेरै उमेर लाग्यो । केही छैन, पढ्न र सिक्नका लागि कुनै उमेर हुँदैन । त्यसो त ३ खानलाई यति पनि थाहा छैन ।’ कतिपय प्रयोगकर्ताले भने कमाल खानलाई इतिहास थाहा नभएको टिप्पणी पनि गरेका छन् । नेपाली प्रयोगकर्ता कमालको प्रशंशा गरिरहदाँ भारतीय प्रयोगकर्ता भने कोही कमालको पक्षमा छन् त कसैले गलत लेखेको भन्दै विरोध गरेका छन् ।कमाल रसिद खानले सन् २००८ मा प्रदर्शनमा आएको देशद्रोही फिल्ममा मुख्य भूमिका निभाएका थिए । यस फिल्मका लेखक तथा निर्मार्ता पनि उनी आफैं हुन् । त्यस्तै २०१४ मा प्रदर्शनमा आएको ‘एक भिलेन’ फिल्ममा उनी अतिथी कलाकार थिए । उनले यसबाहेक सितम, मुन्ना पाण्डे बेरोजगार लगायत फिल्म समेत निर्माण गरेका छन् । २००९ मा बिग बोस सिजन ३ मा उनी सेलिब्रेटी कन्टेस्टेन्टका रुपमा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!