नेपाल सरकारले लिपुलेख, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछी सबै तिरबाट विभिन्न खाले प्रतिक्रियाहरु आई रहेको छ । भरतमा रहेकी नेपाली अभिनेत्री मनिषा कोईरालाको ट्विट पछि उनी माथी खनिएका भारतिय मिडियाको बिरोध र आफ्नो मातृभुमीको पक्षमा नेपाली कलाकारहरु पनि कडा रुपमा प्रस्तुत हुँदै आई रहेको छन् । पछिल्लो समय आफ्नो अभिव्यक्ती को कारण आलोचित हुन पुगेकी बर्षा राउत देखि राजेश हमाल , निखिल उप्रेती, निता ढुंगाना लगायत धेरै कलाकारहरुको प्रतिक्रिया आई सकेको छ । यहि प्रतिक्रिया लाई एउटा फरक ढंग बाट प्रस्तुत गर्ने जमर्को गरेको छ चलचित्रकर्मी महासंघ प्रदेश न १ का निर्देशक तथा कलाकारहरु बाट ।

जाई कहिले लाग्दैन, आए बाकी राख्दैन,नत कहिले हेपिन्छ, हेप्न पनि जान्दैन, सिंह जस्तै गर्जेर अघि बढछ नेपाली, अशिम एकता बनाई अघि बढछ नेपाली भन्ने बोलको गित को भिडियो मार्फत सांकेतिक रुपमा सिमा विवाद सम्बन्धी आफ्नो प्रतिक्रिया प्रस्तुत गरेको छ । यस भिडियोमा नक्सा सार्वजनिक भएपछी उत्पन्न भएको विवाद अनि राष्ट्र को लागि आफुहरु ज्यानको बाजि राखेर पनि अघि बढन सक्ने तर हामी शान्ती चाहन्छौ भन्दै संदेश दिन खोजेको छ । टेक तामाङ को शब्दमा सुमित खडका र प्रवलदिप बिश्वास को स्वर रहेको गितमा भुपेन्द्र रायमाझी को संगित रहेको छ । लक डाउनको समयमा आ आफ्नो ठाउमा नै बसेर छाँयाकन भएको यस गितमा अनलाईन मार्फत नै निर्देशन गरेका हुन निर्देशक अरुण प्रधानले

गायक प्रवलदिप विस्वाशले सम्पादन रहेको यस गितमा कलाकार, खेलाडी , साहित्यकार, श्रस्टा लाई सहभागी गराएर गित निर्माण गरिएको छ । यसमा सहभागी कलाकारहरुमा प्रेम सुब्बा, धिरेन्द्र प्रेमर्शी , विक्रम श्री , रबिन्द्र झा, सुबाश थापा, सिताराम पोखरेल, सुरेन्द्र तामांग, कृष्ण सिवाकोटि, प्रदिप दहल, भाईसन वर्देवा, दिनेश कोईराल, डा. बिनोद श्रेष्ठ , विजय सुब्बा, हिमाल दहाल, नविन मेन्याङ्वो, रमेश कटुवाल, अशेष तिमल्सिना , बिष्णु राजबंशि , अंकित राजबँशि , अंगद राजबन्शी,श्रीराम माझि, लव कुमार राजबंशि, जय नारायण राजबंशि लाई देख्न पाईने छ । छयांकन मा किशन राजवन्शी ( बिराटनगर),जगदिश कार्कि ( ईटहरि ), विजय सुब्बा / राजिव दहाल ( धरान ), सागर नेपाल ( बेलायत )डिजाईन – अरविन्द राजबंशि ( Spark advertising ) को रहेको छ । भिडियो हेर्न यो लिंकमा थिच्नु होला ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!