बिहिबार, जेठ १५, २०७७ || 946  पटक पढिएको

अर्थमन्त्री डा.युवराज खतिवडाले प्रदेश र स्थानीय तहका विकास योजनालाई अन्तर्गत प्रदेशलाई समानुकरण अनुदान ५५ अर्ब १९ करोड र स्थानीय तहलाई ९० अर्ब ५ करोड र छुट्याएको बताएका छन् । बिहीबार संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले प्रदेशलाई सशर्त अनुदान तर्फ ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई १ खर्ब ६१ अर्ब ८ अर्ब बिनियोजन गरेको बताए । प्रदेश र स्थानीय तहको जनसंख्या र क्षेत्रफल मानव विकास र न्यून विकासको सुचकांकलाई लिई प्रदेश र स्थानीय तहमा २२ खर्ब १४ करोड बाँडफाँड हुने अनुमान गरेको बताउदै प्रदेश र स्थानीय तहले आफूले चाहेको आयोजना संचालनका लागि माग गरेको आधारमा ९ अर्ब ९६ करोड समपुरक अनुदान छुट्याएको उल्लेख गरे । प्रदेश र स्थानीय तहलाई विशिष्टिकृत कार्य गर्नका लागि विशेष अनुदान उपलब्ध गराउन ९ अर्ब ९७ करोड छुट्याएको मन्त्री खतिवडाले जनाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!