बिहिबार, जेठ १५, २०७७ || 805  पटक पढिएको

प्रदेश नं १ का थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ निको भई घर फर्केको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जनाकारी दिए ।

यसरी निको भई घर फर्केनेमा ५८ वर्षीय मोहम्मद अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीया माधो खातुन र ६५ वर्षीया सविरण खातुन रहेका छन् । घर फर्केका मो अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य दुईजना वैशाख २७ गते केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।

डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको उनले बताए । प्रदेशमा निको हुनेको सङ्ख्या ३० पुगेको छ । केन्द्रमा अहिले ३१ जना सङ्क्रमितको उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!