कुकुरलाई सबैभन्दा इमान्दार जनावर मानिन्छ । चीनमा यो भनाईलाई पुष्टि गर्ने घटना सार्वजनिक भएको छ । ऊहानमा ७ वर्षको कुकुर शिआओ बाओ चर्चामा छ । उसले तीन महिनादेखि कोरोनासँग जुधिरहेका आफ्नो मालिकलाई ऊहान अस्पतालमा प्रतिक्षा गरिरह्यो । उसको मालिकको मृत्यु अस्पताल भर्ना भएको ५ दिनपछि भएको थियो । तर यो कुराबाट बेखबर शियाओ अस्पतालको लबीमा तीन महिनासम्म मालिकलाई भेट्ने आशामा प्रतिक्षा गरिरह्यो । डेली मेलका अनुसार​ शिआओ अस्पतालमा मालिकको प्रतिक्षा गरिरहेका बेला अस्पतालका कर्मचारीले उसलाई खाना खुवाए । १३ अप्रिलमा जब ऊहानमा लकडाउन हट्यो र बजार खुल्ला भयो तब एक पसलेले उसलाई अपनाए ।पसले वू कुइफेनका अनुसार अप्रिलको मध्यमा उनी अस्पतालबाट बाहिर निस्किरहेका बेला उनले उक्त कुकुरलाई देखेका थिए । उनले भने, ‘त्यतिबेला मैले यसललाई शियाओ बाओ नामले बोलाएँ । यसरी नै उसले नाम पायो । अस्पतालका कर्मचारीले मलाई शिआओका मालिक एक वृद्ध पेन्सनर भएको बताए जो कोरोनाद्वारा संक्रमित थिए ।’ वू भन्छन्, ‘मेरो शिआओसँग एउटा परिवारको जस्तो सम्बन्ध छ । जब म पसल खोल्छु, ऊ यहाँ आइहाल्छ । यसलाई मैले धेरै पटक अर्को ठाउँमा पनि राखिदिएँ तर ऊ फर्केर आइहाल्छ । शिआओ अब मलाई छोडेर जान चाहँदैन ।’ २० मे मा शिआओ तायकाङ्ग अस्पताल पुनः पुगेको थियो, त्यतिबेला त्यहाँ बिरामीको अत्यधिक भीड थियो । अस्पतालका कर्मचारीले शिआओबारे थुप्रै असन्तुष्टि सुन्नपर्यो तसर्थ ऊहानमा जनावरको रेखदेख गर्ने सरकारी संस्थासँग सम्पर्क गरियो । संस्थाका सदस्य आएर शिआओलाई लगे । त्यहाँ उसको हेरविचार गरियो र नसबन्दी पछि उसलाई फिर्ता छोडिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!