बुधबार, जेठ १४, २०७७ || 1092  पटक पढिएको

सोमबार राती आएको हावाहुरीले मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ९ झर्नाका लालबहादुर बिकको परिवारलाई विचल्ली बनाएको छ । लकडाउनका कारण दुई छाकको जोहो गर्न हम्मेहम्मे परिरहेको बेला हावाहुरीले घरको छानो उडाएर बिपत्ति थपिदिएको हो ।

अर्काको जग्गामा सानो बाँसको कटेरो हालेर बसेका लालबहादुरको टहरो भताभुङ्ग भएको छ । भाटाले च्यापेर अड्याएका जस्तापाता उडाइदिएको छ ।

गत बर्ष मात्र भोजपुरको गोगनेबाट १२ जानाको परीवार लिएर लालबहादुर तराई झर्नु भएको थियो । उहाँ स्थानीय छत्रवहादुर थापाको जग्गामा बसोबास गदै आउनुभएको छ ।

दैनिक ज्यालामजदुरी गरेर परिवार चलाउदै आउनुभएका उहाँको परिवार विचल्लीमा परेपछी उहाँलाई स्थानीय राजनीतिक पाटी, सामाजिक संस्था र ब्यक्तीहरुले सहयोग गरेका छन् ।

आरम्भ नाट्य डबली कला साहित्य मञ्च र नेकपा ९ नम्वर वडा कमिटीले आर्थिक सहयोग गरेका छन् । त्यसैगरी १० नम्वर वडा सदस्य काजन ढकाल, स्थानीय दिनेस भट्टराई ,राजन श्रेष्ठ र अनिल श्रेष्ठले खाद्यान्न सामग्री दिएका छन् ।

सहयोग प्राप्त भएपछि चुलो बल्न र टहरो मर्मत गर्न सहयोग पुगेको पिडित बिकले बताउनुभयो । हावाहुरीले बिकको घरपरिवारलाई बिचल्ली पारेको जानकारी पाएलगत्तै आफुहरु उहाँको घरमै गएर राहात सामाग्री दिएको वडा सदस्य ढकालले बताउनुभयो । उक्त सामाग्रीले बिक परिवारलाई दुई महिना जती पुग्ने सदस्य ढकालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!