बुधबार, जेठ १४, २०७७ || 621  पटक पढिएको

भारतबाट आएर सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई मंगलबार साँझ जोगबनी नाकाबाट उद्दार गरिएको छ । नाकाबाट उद्दार गरिएका दुई सय ५० जनालाई विराटनगर भित्राइएको छ । प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको समन्वयमा अलपत्र नागरिकहरुलाइ विराटनगर ल्याइएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जोगबनी नाकामा नेपालतर्फ बन्द गरिएको ढाट खोलेर २ सय ५० जनालाई नेपाल ल्याइएको जानकारी दिए । सीमा बाट ल्याइएका नागरिकलाई संम्बन्धित पालिकाका जिम्मा लगाइने भुजेलले बताए ।

महानगर क्षेत्रवाटै हुने उद्दारको प्रत्यक्ष निगरानी विराटनगर महानगरले समेत गरिरहेको छ । उद्दारका क्रममा सीमाक्षेत्रमा पुगेका विराटनगर महानगरका मेयर भीम पराजुलीले नागरिकलाई सुरक्षित बनाउने कुरामा महानगर लागिरहेको जानकारी दिए । क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य उपचारका विषयमा समन्वय भइरहेको बताए ।

जोगबनी नाकाबाट आएका मानिसलाई विराटनगरको डीएभी स्कुलमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको र आबश्यक स्वास्थ्य परिक्षण पछी संम्बन्धित पालिकाहरुले जिम्मालिने गरी प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!