नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई सम्मिलित गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल–भारतबाट थुप्रै प्रतिक्रिया आइरहेका छन् ।

यसमा भारतीय अभिनेता अनुपम खेरको नाम पनि समावेश गरिएको छ ।

ट्वीट भाइरलः

सोसल मिडियामा अनुपम खेरको नामबाट एउटा ट्वीट भाइरल भइरहेको छ जसमा भनिएको छ, ‘नेपाल त्यो देश हो जसले भारतलाई संकट नहोस् भनेर आफ्ना बहादुर व्यक्तिलाई भारतीय सेनामा पठाएको छ र आज हामी त्यहि देशलाई संकटमा पारिरहेका छौं, लज्जाको कुरा हो ।’

यस्तो छ वास्तविकताः

अनुपम खेरको ट्वीटर ह्यान्डल अनुसन्धान गर्दा यस्तो कुनै ट्वीट देखिँदैन ।

वास्तवमा पाँच वर्षअघि यहि ट्वीटलाई अनुपमको आधिकारिक अकाउन्टमा ट्याग गरेर ‘के तपाईंले यस्तो ट्वीट गर्नुभएको हो ?’ भनेर सोधेका थिए ।

अनुपमले यसको जवाफ दिँदै भनेका थिए, ‘नेपालको यो ट्वीट मेरो होइन । म आफैं पनि अचम्मित छु, यस्तो कसले लेख्यो होला ।’

२८ सेप्टेम्बर २०१५ को यो ट्वीटलाई पुनः भाइरल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!