मंगलबार, जेठ १३, २०७७ || 695  पटक पढिएको

पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण मुलुक लकडाउनमा रहेका बेला पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिनमा खेती गरे अनुदान दिने निर्णय गरेको हो । उत्पादन बढाउन र खाद्य सङ्कट नहोस् भनेर किसानलाई अनुदान घोषणा गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । नगरको कार्यपालिको सोमबार बसेको बैठकबाट कोरोना भाइरस सङ्क्रमण थप फैलिन सक्ने र खाद्य सङ्कट समेत निम्तिन सक्ने भन्दै बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गर्ने नीति अघि सारिएको नगरप्रमुख शर्माले बताउनुभयो । नगरपालिकाले दुई वर्षभन्दा बढी समय बाँझो रहेको जमिनमा खाद्यान्नजस्तै मकै, कोदो र धानखेती गर्ने किसानलाई अनुदान दिने निर्णय गरेको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । “हामी आत्मनिर्भर हुनेतर्फ योजना बनाउन जरुरी छ”, उहाँले भन्नुभयो, “यस्तै अवस्था आउने हो भने विदेशबाट खाद्यान्न आयात हुन समस्या आउन सक्छ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले आफ्नै उत्पादनमा जोड दिनुपर्छ ।” नगरपालिकाले बाँझो जमिनमा खेती गरे वडा कार्यालयबाट प्राप्त तथ्याङ्कको आधारमा अनुगमन गरी वास्तविक देखिएमा मल, बीउ व्यवस्थापनको लागि प्रतिरोपनी रु दुई हजार दिनेछ । साथै नगरपालिकाले खेती गरिने स्थान वरिपरि अनुत्पादक रुख कटानीछटानीको व्यवस्था गर्नुपर्ने भनेको छ । बाँझो जमिनमा खेती गर्न इच्छुक व्यक्तिले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित टोलको सिफारिस, जग्गाधनी प्रमाणपत्र र लिज वा भाडामा भए सम्झौतापत्र र लिनेदिनेको नागरिकताको प्रमाणपत्रसहित १५ दिनभित्रमा वडा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिनुभएको छ । –––

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!