भारतको मध्यप्रदेश राज्यस्थित छिन्दवान्डा जिल्लाको पिला नारायणवारमा दुई प्रहरीले एक युवकलाई मरणासन्न हुनेगरी पिटेका छन् ।

घटना सार्वजनिक भएपछि पूर्व मुख्यमन्त्री दिग्विजय सिंहले मुख्यमन्त्री शिवसिंह चौहानसँग प्रहरीलाई बर्खास्त गर्नुपर्ने माग राखेका छन् ।

सिंहले ट्वीट गर्दै भनेका छन् – शिवराजजी कोरोना लकडाउनमा के तपाईले मध्य प्रदेश प्रहरीलाई गरिब–मजदुरमाथि यसरी नै बर्बरतापूर्णक पिटने अधिकार दिनुभएको छ ? यस्ता प्रहरीलाई ततकाल बर्खास्त गर्नुपर्छ ।
यस घटना सार्वजनिक भएलगत्तै घटनामा संलग्न प्रहरीमाथि चेकजाँच सुरु भएको छ ।

घटना बिहीबारको भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्रले जनाएको छ । अहिले यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जहाँ, दुई पुलिसकर्मीले एक युवकलाई त्यतिबेलासम्म बर्बरतापूर्वक पिट्छन्, जबसम्म उनी बेहोश हुँदैनन् ।

यसपछि उसलाई पुलिसले गाडीमा हालेर लैजान्छन् । युवकको नाम वामन सरयाम रहेको स्थानीयले जानकारी दिएका छन् ।

पुलिसको दाबीअनुसार यी युवकमा रक्सी पिउने अदात छ । उनी गाउँमा गाली–गलौज गथ्र्ये र कपडा उतारेर घुम्ने गथ्र्ये । जब गाउँका मानिसहरुले यस्तो गर्नबाट रोक्थें, तब उनीहरुकै घर अगाडि पुगेर यी युवकले अश्लिल हर्कत गर्ने गरेका थिए ।

यी युवकका विषयमा पटकपटक प्रहरीमा गुनासो परेको थियो । उनी बिहीबार फेरि नशामा हंगामा गर्दै थिए । स्थानीयले यसको जानकारी प्रहरीलाई दिए । त्यसपछि पुगेका दुई पुलिसकर्मीले युवकलाई नशामा अश्लिल हर्कत गरिहेको भेटे ।

त्यसपछि उनीहरुले बेहोश हुनेगरी पिटे । छिन्दवान्डाका एसपी विवेक अग्रवालले यी युवामा नशाको लत रहेको र रक्सी खाएका बेला उनले यस्तै गरी उत्पात बच्चाउने गरेको प्रतिक्रिया दिए ।

घटनाको दिन रक्सी पिएपछि यी युवक एक बैंकको बाहिर बसेर मानिसलाई गाली–गलौज र दुव्यवर्हार गरिरहेका थिए ।

घटनास्थलमा प्रहरी पुगेपछि उनी जुध्न थाले र सबै घटनाक्रम भयो । सुरक्षाकर्मीहरुलाई निलम्बन गरेर घटनाको जाँच भइरहेको अग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!