शुक्रबार, जेठ ०९, २०७७ || 637  पटक पढिएको

कोभिड–१९ नियन्त्रणको नीति तथा मापदण्डको अधीनमा रही गल्छी– मैलुङ– रसुवागढी राजमार्गअन्तर्गत रसुवाखण्डमा नयाँ तीन पक्की पुल निर्माण निरन्तर अगाडि बढेको छ । पुल निर्माणका लागि छनोट भएको हिन्डूङ एण्ड थोक्कर प्रालिमार्फत पहिलो चरणमा रसुवा र नुवाकोटको सीमा खाल्टे आसपास तथा मैलुङ नजीक चिप्लेटी पुछार, त्रिशूली नदीका दुई स्थान र गोम्चेत क्षेत्रको ठाडो खोलामा पुल निर्माणको काम अगाडि बढिरहेको गल्छी–मैलुङ सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।
ठूलाठूला काम उपकरणले गरे पनि ससाना कामका लागि एक सय मजदूरले रोजगारी पाइरहेका छन् । उनीहरूलाई कोरोना भाइरस नियन्त्रणका लागि तोकिएको सामाजिक दूरीको मापदण्डमा राखी काम लगाइएको र नियमित रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गराइएको बताइएको छ ।
मैलुङ– स्याफ्रुबेँसी खण्डको १७ किलोमिटर सडक सुधारका लागि भने ठेक्का प्रक्रिया पूरा भए पनि निर्माणको जिम्मा पाउने ठेकेदार कम्पनी र सडक सुधार आयोजनाबीच सम्झौता हुन नसकेका कारण सो काम भने अगाडि बढाउन नसकिएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।
चीनसँगको व्यापारिक कारोवार गर्ने नयाँ अन्तराष्ट्रिय राजमार्गमा निर्माण गर्नुपर्ने ११ मध्ये धादिङको कोल्पुखोला र नुवाकोटको गेर्खु खोलाका दुई पक्की पुल निर्माणको अन्तिम चरणमा पुग्न लागेको तथा अन्य पुलको थालनी अझै हुन नसकेको आयोजनाले बताएको छ । प्रक्रियागत रूपमा अगाडि बढ्दा समयावधि बढी खर्चिनुपर्ने अवस्था र अर्कातर्फ कोरोना भाइरसको संक्रमणका कारण राजमार्गको सडक सतह सुधारमा ढिलाइ भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!