दार्चुलाको नेपाली सीमामा भारतीय सुरक्षाकर्मीहरुले ज्यादती गरेका छन् । सीमा क्षेत्रको नेपाल पट्टी आएर उनीहरुले दादागिरी देखाएका हुन् । भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गरिरहेका नेपालीहरुमाथि कुटपिट गरेका छन् । त्यसैगरी सीमा क्षेत्रमा तैनाथ तीन जना शसस्त्र प्रहरीलाई पनि हातपात गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भारतीय सीमा सुरक्षा बलले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई पनि दुव्र्यवहार गरेका छन् । दार्चुलाका प्रहरीका प्रवक्ता सुरेन्द्र जोशीका अनुसार त्यहाँ नेपाल प्रहरी समेत भारतीय सुरक्षकर्मीबाट कुटिएका छन् । रिपोर्टिङका लागि नेपाल– भारत सीमा क्षेत्र पुगेका सञ्चारकर्मीमाथि भारतीय सुरक्षाकर्मी एसएसबीले दुव्र्यवहार गरेको छ । पत्रकार किरण धामीको क्यामेरा समेत भारतीय सुरक्षाकर्मीले खोसेका छन् । विना कारण नेपालीहरुमाथि कुटपिट गर्न थालेपछि भिडियो खिचिरहेका पत्रकार किरन धामीको क्यामेरा पनि भारतीय सुरक्षाकर्मीले खोसेका छन् । उनीहरुले सीमा क्षेत्रको गरिरहेको हर्कतको भिडियो खिच्ने क्रममा क्यामेरा लगायतका सामाग्रीहरु खोसिएको प्रहरीले जनाएको छ ।

यही रिपोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दुव्र्यवहार गरेको हो । पत्रकार किरण धामीका अनुसार त्यहाँ मिडिकर्मीलाई रोक लगाइएको छ, जान दिएईको छैन । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू पनि आक्रोशित भएका छन । भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मण रेखा’ नाघेर उनीहरूले अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!