बिहिबार, जेठ ०८, २०७७ || 749  पटक पढिएको

जिल्लामा आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आउनेको पिसिआर विधिबाट जाँच गरिएको छ । पिसिआर विधिबाट जाँच गर्न स्वाब सङ्कलन गरी ५० जनाको प्रादेशिक अस्पतालमा पठाइएको थियो । तीमध्ये ४७ मा कोरोना भाइरस नेगेटिभ आएको सिन्धुली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा प्रसन्नजङ्ग राजभण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आरडिटी विधिबाट जाँच गर्दा पोजेटिभ आउने २७ र अरु केही व्यक्तिको गरी ५० जनाको मङ्गलबार थ्रोट स्वाब पठाइएकामध्ये ४७ जनाको रिपोर्ट आएको छ ।” अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्य र सुरक्षाकर्मी, पत्रकार, नागरिक, प्रतिनिधि, कर्मचारीको परीक्षणमा गरिएको थियो । पिसिआर विधिबाट जाँच गर्दा अब बाँकी तीन जनाको रिपोर्ट आज आउने बताइएको छ । घरटोल सिल कमलामाई नगरपालिका–९ पन्नेसीमा पाँच घर सिल गरिएको छ । मङ्गलबार काठमाडाँैमा कोरोना भाइरस सङ्क्रमित २७ वर्षीया महिलामा कोरोना भाइरस देखिएपछि उहाँको छिमेकी घर पनि सिल गरिएको हो । बन्दाबन्दीका समयमा केही दिनअघि महिला घरबाट काठमाडाँै गएको कन्टयाक्ट ट्रेसिङमा खुलेपछि घर सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जीतेन्द्रकुमार साहले जानकारी दिनुभयो । सिल गरिएका क्षेत्रमा सुरक्षा सतर्कतासमेत अपनाइएको छ । कन्टयाक्ट ट्रेसिङ गरिएको र महिलाका परिवारका नौसहित ४१ जनालाई होम क्वारेन्टाइनमा सुरक्षित बस्न आग्रह गरिएको उहाँले बताउनुभयो । साहका अनुसार आज स्वाब सङ्कलन गरी प्रादेशिक अस्पताल हेटौँडामा पठाइने छ । बजार सुनसान बन्दै बन्दाबन्दीमा पनि बजारमा मानिसको आवतजावत र चहलपहल बाक्लै थियो । सोमबार आरडिटी विधिबाट कोरोनाको जाँच गर्दा केही व्यक्तिलाई पोजेटिभ देखाएपछि बजार सुनसान हुन थालेको छ । कोरोना भाइरसको सिन्धुली उच्च जोखिममा रहेका अवस्थामा पनि विभिन्न बहानामा सर्वसाधारणको बजारमा भीडभाड नै हुने गरे पनि एकाएक आरडिटी पोजेटिभ आएपछि बजार भने सुनसान हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सामाजिक दूरी कायम गरी दैनिक उपभोग्य वस्तुका पसल बिहान ७देखि १० बजेसम्म मात्र सञ्चालन गर्न आदेश जारी गरेको छ । बिहान हुने भीडभाडले कोरोना भाइरसको सङ्क्रमण हुने जोखिम कायम रहिरहेका बेला सिन्धुली अस्पतालमा आरडिटी गर्दा केहीको पोजेटिभ आएपछि बजारमा मानिसको आवतजावतमा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!