बुधबार, जेठ ०७, २०७७ || 652  पटक पढिएको

कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ । फ्रन्टलाइनमा कार्यरत १३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । बाँकी स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारको समेत परीक्षण गरिने नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिइन् । उनका अनुसार नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) र पिसिआर दुवै विधिबाट स्वास्थ्य परीक्षण गरिएको हो ।

आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर विधिबाट परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको नगरपालिकाले जनाएको छ । हाल उनीहरु सबैलाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएको छ । यसअघि विदेश तथा अन्य स्थानबाट कीर्तिपुरमा आएर बसेका ११० जनाको आरडिटी विधिबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!