हिपमत डटकम
पोखरा,पौष ११:पोखरा १७ बिरौटामा रहेको बालोदय बोर्डिङ स्कुलले ८ गते सरिता सुबेदी पौडेलको ज्यान लिएपछि उत्पन्न बिवादलाई साम्य बनाउने प्रयत्न हुँदै छ । दुई सन्तानकी आमा समेत रहेकी सरिता ८ गते बुधबार छोरीलाई स्कुलबसमा चढाएर त्यहीबसमा बिरौटाचोक सम्म आउँदा आफै चढेको बसले किचेर उनको ज्यान गएको थियो तर स्कुलले उचित क्षतिपुर्ति दिनुपर्ने माग गर्दै मृतकका परिवारले आन्दोलन गरिरहेका छन् । दुई नाबालक छोरीहरुको उच्च शिक्षा, लालनपोषणको जिम्मेवारी स्कुलले लिनुपर्ने उनीहरुको माग छ । स्कुल प्रशासनले भने उनीहरुको मागलाई बेवास्था गरेको र कुनै पनि सम्झौता गर्न राजी नभएको आरोप लगाएका छन् । बिरौटा स्कुल अगाडी सयौंको संख्यामा रहेका मृतकका आफन्तहरुले स्कुल बिरुद्ध नाराबाजी समेत गरे ।
हाल बच्चा सरिताको माईतीसंग छन् । सरिताकी जेठानीले रुदै बच्चाहरुले बारम्बार आमा खोज्ने तर आफूहरुले अस्पतालमा छ निको भएर आउँछ भन्दै बसेको बताई । हेर्नुहोस् यो भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!