उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको नतिजा नेगेटिभ आएको हो ।

परोहा नगरपालिका–८ नर्कटिया रौतहटका उनी सोमबार राति अस्पताल आएका थिए । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । सघन उपचार कक्षमा उपचार हुँदाहुँदै उनको मङ्गलबार बिहान मृत्यु भएको थियो । चार महिनाअघिदेखि क्षयरोगको सङ्क्रमण र क्यान्सरको समस्या देखिएका कारण उनी भरतपुर अस्पताल आइपुगेको अस्पतालले जनाएको छ ।

यसैगरी भरतपुर अस्पतालमा प्रसूति तथा स्त्रीरोग विभागमा उपचारका क्रममा रहेकी युवतीको पनि कोरोना सङ्क्रमण नेगेटिभ देखिएको छ । पौडेलका अनुसार सिन्धुलीबाट आएकी ३२ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सिन्धुलीबाट आएका कारण कोरोना सङ्क्रमण हुनसक्ने आशङ्का गरिएकामा भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!