प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भातरबाट भित्रिएको काेराेना भाइरस (काेभिड १९) चाहिँ अरू देशकाे भन्दा पनि खतरनाक भएकाे बताउनुभएकाे छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम उहाँले भन्नुभयाे, ‘चीनकाे उहावनबाट आएको भाइरस अलिक नरमै देखिएको थियो, इटालीबाट आएकाे पनि नरमै देखिएको थियो, दुवईबाट आएकाे पनि नरमै थियो तर भारतबाट आएकाे चाहिँ अलिक कडा देखियो ।’

प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालमा ३४ जिल्लाहरूमा काेराेनाे संक्रमण फैलिएको पनि जानकारी दिनुभयो । उहाँले देशभर नै वडा-वडासम्म क्वारेन्टीन निर्माण गर्ने काम अगाडि बढाएको समेत जारकारी दिनुभयो ।

बाहिर देशबाट आउनेहरूले गर्दा नेपालमा काेराेनाकाे जाेखिम बढेकाे पनि उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘भारतबाट संक्रमित भएर आउनेहरुको संख्या अत्यन्तै ठूलो छ र ती व्यक्तिहरुबाट कोही लुकेर बसिदिने, कोही पत्ता लाग्नै गाह्रो हुने, कोही खुरुखुरु घर गइदिने, कोही समुदयामा मिसिएर बसिदिने जस्ता कुराहरुले नेपालमा यो अवस्था आएको हो, यसप्रति हामी सजकता अपनाउनुपर्ने छ ।’

‘काेराेनाका कारण नेपालमा २ जनकाे मृत्यु हुनु दु:खद् भएकाे पनि उहाँले बताउनुभयाे । ‘कोरोनाका कारण नेपालमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रा प्रयासहरु विभिन्न कारणले असफल भएका छन् र दुई जनाको निधन भएको छ । याे अत्यन्तै दु:खद् कुरा हाे,’ प्रधानमन्त्री ओलीले अन्नुभयाे ।

‘कोरोनाले भन्दा अरु राेगले निधन भएको हुन सक्छ तर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार जुनसुकै रोगले निधन भएको भएपनि यदि कोरोना संक्रमित भइसकेको अवस्था छ भने कोरोनबाटै निधन भएको मान्नुपर्छ भन्ने कारणले हामीले उनीहरुलाई कोरोनाकै कारण मरेको भनेर भन्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयाे ।

नेपालमा अहिलेसम्म ३९६ आइसुलेसनमा ३९६ रहेकाे र त्यसमध्ये ३६ निको भएर घर फर्किएकाे पनि उहाँले बताउनुभयाे । उहाँले ३ हजार ३ सय ७ जना सम्मको आइसुलेसनमा राख्ने क्षमता रहेको समेत जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!