मंगलबार, जेठ ०६, २०७७ || 846  पटक पढिएको

मोरङ र झापाका दुई स्थानमा भएको सवारी दुर्घटनामा परी २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका-४ मोतिपुर बस्ने पंकज झाको २ बर्षीय छोरा निखिल झा र झापाको बिर्तामोड नगरपालिका-१० का धिरेन राईको ४ बर्षीय छोरा सुदेन राई रहेका छन् । झालाई सोमवार अपरान्ह साँढे ४ बजेको समयमा मोरङको मोतिपुर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख ६३७४ नम्बरको ट्याक्टरले ठक्कर दिंदा घाईते भई उपचारको लागी नोबेल अस्पताल पठाईएकोमा उपचारको क्रममा ५ बजे मृत्यु भएको थियो । यसैगरी आज बिहान ८ बजेको समयमा झापाको बिर्तामोड नगरपालिका-१० सैनिक मोडबाट बजार तर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको गाडीले ठक्कर दिंदा घाईते भएका राईलाई उपचारको लागी झापाको बि.एण्ड.सि. अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । दुबै घटनाका सवारी साधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!