आइतबार, जेठ ०४, २०७७ || 875  पटक पढिएको

विराटनगरका एक औषधि व्यावसायी मृत भेटिएका छन् । विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका ३३ वर्षीय देवीप्रसाद दुलाल मृत भेटिएका हुन । आइतबार बिहान मृत भेटिएका दुलालको शरीरमा निलडाम छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।मृतकको शरीरमा निलडाम भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको उनले बताए । ‘शरीरमा निलडाम देखिएकाले अनुसन्धान सुरु गरेका छौं’ उनले भने ‘पोष्टमार्टमपछि थप विषय खुल्छ ।’ दुलाल शनिबार राति अबेरसम्म विराटनगरका दुईजना साथीसँग बसेका थिए । राति अबेर डेरामा सुतेका उनी विहान अचेत अवस्थामा भेटिएका थिए । देवी माँ पाथीभरा फर्मा सञ्चालन गर्दै आएका उनी राति सुतेकै ठाउँमा अचेत अवस्थामा भेटिएपछि श्रीमतीले आइतबार बिहान करिब ३ बजे कोशी अस्पताल ल्याएकी थिइन् । मृतक दहालको नाक, हात, घाँटी र आँखाको डिलमा चोट देखिएपछि प्रहरीले सोधपुछका लागि श्रीमती र शनिबार रातिसँगै बसेका दुईजनालाई नियन्त्रणमा लिएको छ । दुलालका श्रीमती र ८ वर्षका छोरा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!